भरतपुर । भरतपुर आदर्श सप्लायर्स चितवनको आयोजनामा युरोप, क्यानडा तथा अन्य देशहरुमा ठूलो सफलतापछि नेपालमै पहिलो पटक युरो एड डिजेल चक्कीको बारेमा जानकारी दिइएको छ ।
इनर्जी प्लस टे«डिङ प्रालि काठमाडौँका कोअर्डिनेटर आशिष शर्माले पत्रकार सम्मेलनमा युरो एड डिजेल चक्कीको बारेमा जानकारी दिँदै युरो एड डिजेल चक्कीले १० प्रतिशतदेखि १५ प्रतिशतसम्म इन्धन बचत गर्ने दाबी गरे । उनले यस डिजेल चक्कीले वायु प्रदुषण कम हुने, सबै प्रकारका इन्जिन तथा वर्नहरुका लागि उपयुक्त रहेको र इन्जिनको क्षमतामा पनि वृद्धि ल्याउने कुरामा जोड दिए ।
आदर्श सप्लायर्स चितवनका सञ्चालक यादव उप्रेती सभापति एवम् जिल्ला ट्राफिक कार्यालय चितवनका प्रहरी निरीक्षक रमेशराज भेटवाल प्रमुख अतिथि रहेको कार्यक्रममा इन्जी प्लस टे«डिङ प्रालि काठमाडौँका टेन्किकल कन्सल्टेन्ट पदम प्रकाशले युरो एड डिजेल चक्कीको फाइदाको बारेमा भिडियोसमेत प्रदर्शन गरेका थिए ।
ऊ“ शान्ति माइक्रो व्यवसायी संघका अध्यक्ष प्रदीप हमाल, चितवन यातायात व्यवसायी संघ छहारीका अध्यक्ष बद्री पौडेललगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा युरो एड डिजेल चक्कीको चितवनको लागि आधिकारिक वितरक आदर्श सप्लायर्स चितवन रहेको जानकारी दिइयो
Discussion about this post