जगतपुर । नेपालमा नै पहिलो पटक विषादीको बट्टा व्यवस्थापनको सुरूवात् भएको छ । जगतपुरस्थित केरूङ्गा ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थाले यस्तो कार्यको सुरू गरेको हो ।
कृषि, स्वास्थ्य एवम् वातावरण परियोजनासम्बन्धी २२ हप्ते कृषक पाठशाला समापन कार्यक्रममा सोमबार कृषि, स्वास्थ्य एवम् वातावरण परियोजना, नेपाल जनस्वास्थ्य प्रतिष्ठानका संयोजक प्राडा श्रीकृष्ण गिरीले विषादी बट्टा व्यवस्थापनको उद्घाटन गरेका थिए ।
कार्यक्रममा डा.गिरीले पहिले विषादीको बट्टालाई तीन पटक राम्रोसँग पखाल्नु पर्ने र त्यसलाई खोलेर राम्रोसँग कुच्याएर ट्यांकीमा लगेर राख्नुपर्ने बताए । यसले गर्दा जथाभावी फालिने विषादीको बट्टा एकै ठाउँमा जम्मा हुने र त्यसलाई पछि व्यवस्थापन गर्न सकिने परियोजनाका कृषिविज्ञ सुन्दर तिवारीले बताए । व्यवस्थापनको सुरूवात् नेपालमा पहिलो पटक भएको र तिवारीको भनाइ थियो । कार्यक्रम केरूङ्गा सहकारीका सदस्य अर्जुन कार्कीको अध्यक्षतामा भएको थियो ।
Discussion about this post