भरतपुर । लियो क्लब अफ नारायणगढ ३२५ बीटु चितवनले स्व. मोहनकुमार पिया स्मृति छात्रवृत्ति वितरण कार्यक्रमअन्तर्गत सोमबार राष्ट्रिय प्राथमिक विद्यालय ठिमुराका गरिब विद्यार्थीलाई स्टेशनरी वितरण गरेको छ । कापी, पेन्सिल, एकथान फुटबल र आवश्यकताअनुसारका स्टिक मेसिन विद्यालयलाई प्रदान गरिएको लियो क्लब अफ नारायणगढका अध्यक्ष रविन अधिकारीले बताए ।
कार्यक्रममा प्रमुख अतिथि सनदकुमार पियाले भाइ मोहनकुमार पियाको सम्झनामा छात्रवृत्ति वितरण गरिएको बताए । कक्षा ४ र ५ का विद्यार्थीको वर्षभरिमा लाग्ने रजिष्ट्रेशन फारम र परीक्षा शुल्क पनि विद्यालयलाई उपलब्ध गराएकोे उनले बताए ।
Discussion about this post