ADVERTISEMENT
३० चैत्र २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
३० चैत्र २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

गेष्ट हाउस चौरमा सहिद मञ्च बन्ने

by चितवन पोष्ट
२०७१ चैत्र ९, सोमबार ०१:५५ गते
in प्रमुख समाचार
0
0
SHARES
Share on FacebookShare on Twitter

दिपेन्द्र अधिकारी
भरतपुर । जिल्ला विकास समिति चितवनको स्वामित्वमा रहेको गेष्ट हाउस चौर अब सहिद मञ्च बन्ने भएको छ । झण्डै २० वर्षअघि सिटी हलको परिकल्पना गरी छुट्याइएको यस खाली ठाउँ अन्ततः सहिद मञ्च बन्ने भएको हो । सहिद मञ्चको आइतबार शान्ति तथा पुनःनिर्माण मन्त्री नरहरि आचार्यले शिलान्यास गरे ।
मञ्च निर्माणको लागि ५४ लाख ८२ हजार ६९७ रूपैयाँ लाग्ने अनुमान गरिएको छ । भरतपुर उपमहानगरपालिका, अन्य ५ वटा नगरपालिका र १६ वटा गाविस रहेको यस जिल्लामा व्यवस्थित मञ्च कतै पनि छैन ।
देशको हरेक राजनैतिक परिवर्तनमा अग्रगामी भूमिका निर्वाह गर्दै आएको छ । २०१७ सालपछि प्रजातन्त्र र गणतन्त्र स्थापनाका निम्ति विभिन्न कालखण्डमा भएका जनआन्दोलनमा सहादत गर्नु हुने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरुको सम्झनामा जिविसको स्वामित्वमा रहेको करिब ५ विघा क्षेत्रफलमा फैलिएको यस खुला चौरमा सहिद मञ्चको निम्ति पूर्वाधार निर्माणको कार्य थालनी गरिएको स्थानीय विकास अधिकारी भरतमणि पाण्डेले बताए ।
जिविसको पहलमा यस क्षेत्रको विस्तृत सर्भे, अध्ययन, डिजाइन कार्य सम्पन्न भएको छ । डीपीआरसमेत तयार भई चालु आर्थिक वर्षदेखि सोही डीपीआर बमोजिम नै कार्य थालनी गरी आगामी आर्थिक वर्षमा सम्पन्न गर्नको निम्ति बजेट तथा कार्यक्रम हालै सम्पन्न ८ औं जिल्ला परिषद्बाट पारित गरिएको थियो ।
यसको कम्पाउण्डवाल एवम् शौचालय निर्माणको निम्तिसमेत थप रकम प्रस्ताव गरिएको जिविस चितवनका सूचना अधिकृत बलराम लुइँटेलले जानकारी दिए । प्रस्तावित सहिद मञ्चको निर्माणबाट चितवन जिल्लाकै एउटा ऐतिहासिक क्षेत्रको संरक्षण हुनुका साथै भरतपुर नगरी उपमहानगरपालिका भइसकेको सन्दर्भमा खुलारुपमा कार्यक्रमहरु सञ्चालन गर्नका निम्ति सुविधा सम्पन्न मञ्चको आवश्यकतालाई समेत पूरा गर्ने स्थानीय विकास अधिकारी पाण्डेले बताए ।
बढ्दो सहरीकरणका कारण खुला स्थानको अभाव भइरहेको र भविष्यमा हुनसक्ने बिपद् व्यवस्थापनका निम्ति पनि खुला रहेको हुँदा यस क्षेत्रको व्यवस्थापनले बिपद्को समयमा ठूलो राहत मिल्ने स्थानीय विकास अधिकारी पाण्डेको भनाइ छ ।
सहिद मञ्चको निम्ति नेपाल सरकार शान्ति तथा पुनर्निर्माण मन्त्रालय, शहरी विकास मन्त्रालय र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा अनुरोध गरिने सूचना अधिकृत बलराम लुइँटेलले बताए । त्यस्तै केही रकम जिल्ला विकास समिति चितवनको आन्तरिक स्रोतबाट उपलव्ध भएको छ ।
नेपालमा २००७ सालको राजनैतिक परिवर्तनदेखि नै प्रजातन्त्रका निम्ति भएका विभिन्न आन्दोलनहरुमा निर्णायक भूमिका निर्वाह गर्दै आएको यस जिल्लामा विशेष गरी २०१७ सालको राजनैतिक परिवर्तनको सन्दर्भमा भएको आन्दोलनको क्रममा सहादत प्राप्त योद्धाहरुको पार्थिव शरीरलाई यसै स्थानमा गाड्ने कार्य भएको जानकारहरु बताउँछन् ।
मञ्चका विशेषताहरु
ड्ड    सहिद मञ्चमा अतिथिहरु रहने क्षमता ५० जनाको हुने,
ड्ड    सहिद मञ्चको कम्पाउण्डभित्र सर्वसाधारणको निम्ति करिव १५ हजारको क्षमता रहने,
ड्ड    सहिद मञ्चको दक्षिणबाट भीआईपी र भीभीआईपीका लागि छुट्टै प्रवेशद्वार हुने,
ड्ड    शहिद मञ्चको उत्तरबाट सर्वसाधारणका निम्ति दुईतर्फी प्रवेश र बाहिर निस्कने द्वार रहने,
ड्ड    अतिथिका निम्ति छुट्टै पार्किङ्गको व्यवस्था, मञ्चमा शौचालय र विश्राम कक्षको व्यवस्था,
ड्ड    सर्वसाधारण महिला तथा पुरुषका निम्ति छुट्टाछुट्टै शौचालयको व्यवस्था,
ड्ड    मञ्चमा नियमित विद्युत् आपूर्तिको व्यवस्था रहने ।

Related Posts

चेपाङ गाउँमा शैक्षिक प्रगति : एउटै कक्षामा पटकपटक पढ्ने बाध्यता हट्यो

राप्ती नगरपालिकामा ट्याक्टर पल्टँदा कम्तीमा पाँच जनाको मृत्यु

अबको निर्वाचनमा कांग्रेसको दुई तिहाइ : महामन्त्री कोइराला

अबको निर्वाचनमा कांग्रेसको दुई तिहाइ : महामन्त्री कोइराला

लोकतन्त्रमाथि खतरा : पूर्वराष्ट्रपति यादव

लोकतन्त्रमाथि खतरा : पूर्वराष्ट्रपति यादव

Discussion about this post

अन‌ि यो पनि

चेपाङ गाउँमा शैक्षिक प्रगति : एउटै कक्षामा पटकपटक पढ्ने बाध्यता हट्यो
प्रमुख समाचार

राप्ती नगरपालिकामा ट्याक्टर पल्टँदा कम्तीमा पाँच जनाको मृत्यु

भण्डारा । घर ढलान गरेर फर्केका मजदुरहरु चढेको ट्याक्टर दुर्घटना हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा २०...

Read more
बालश्रम न्यूनीकरणबारे आमा समूहसँग अन्तक्र्रिया

बालश्रम न्यूनीकरणबारे आमा समूहसँग अन्तक्र्रिया

देशभर १४१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि

चितवनमा दुई दिनमा १० जना संक्रमित

रत्ननगर, राप्ती, कालिका र इच्छाकामनामा संक्रमित संख्या शून्य

कोरोना भाइरस : सुदूरपश्चिम प्रदेश उच्च जोखिममा

संसद् पुनःस्थापनाले मात्र लोकतन्त्र र संविधान सही गतिमा आउँछ : वरिष्ठ नेता पौडेल

संसदीय प्रणाली जोगाउने कांग्रेसको दायित्व : वरिष्ठ नेता पौडेल

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In