भरतपुर । चितवनको सामुदायिक तथा कबुलियती वनले संरक्षणमा गरेको योगदानको मूल्याङ्कन गर्न आइतबार अवलोकन तथा अनुगमन गरिएको छ । हरियो वन कार्यक्रमको सहयोगमा जिल्ला वन कार्यालय चितवनको संयोजनमा जिल्लाका सरोकारवाला निकायका प्रतिनिधि सहभागी भएको टोलीले जुटपानी ९ को चर्तुमुखी सामुदायिक वन, पदमपुर १ को थाङ्गखोला सामुदायिक वन तथा शक्तिखोर ८ मा रहेको साउनेपानी कवुलियती वनको अवलोकन गरेको हो ।
वन अनुगमन गर्नुका साथै वनका प्रतिनिधिसँग छलफल गरिएको पश्चिम सेक्टर वन कार्यालय भोजाडका सहायक वन अधिकृत रामजी खनियाँले जानकारी दिए । अनुगमनका सहभागीले वन संरक्षणका लागि खर्च गरिने रकम प्रभावकारी हुने कार्यमा मात्र खर्च गर्नुपर्ने सुझाव दिएका थिए ।
Discussion about this post