भरतपुर । नेपाल कुखुरा बजार व्यवस्थापन संघ केन्द्रीय कमिटीले तराईका विभिन्न जिल्लामा पुगेर अवैध कुखुरा, चल्ला र अण्डा निकासीमा निगरानी राख्न सम्बन्धित पक्षसँग अनुरोध गरेको छ ।
संघको केन्द्रीय अध्यक्ष भुवनलाल जोशीको नेतृत्वमा गएको १४ सदस्यीय टोलीले पर्सा, बारा, रौतहट, सर्लाही र महोत्तरी जिल्लामा पुगेर स्थानीय व्यवसायी र प्रशासनसँग पोल्ट्रीजन्य वस्तुको अवैध निकासी निगरानीका सम्बन्धमा छलफल गरेको थियो ।
टोलीले नेपाल भारत सिमानामा भारतबाट ल्याउँदै गरेको कुखुरा १५ क्विन्टल बरामद गरी स्थानीय प्रहरीलाई बुझाएर तत्काल नष्ट गरिएको संघका अध्यक्ष जोशीले जानकारी दिए । भ्रमणमा चितवनसहित पर्सा र मकवानपुरका व्यवसायीको समेत सहभागिता रहेको थियो ।
Discussion about this post