ADVERTISEMENT
३० चैत्र २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
३० चैत्र २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

महान् योद्धा गिरिजाप्रसाद कोइरालाको नेपाली राजनीतिमा योगदान

by चितवन पोष्ट
२०७१ चैत्र ७, शनिबार ०३:२३ गते
in विचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

शिवहरि अधिकारी
नेपाली राजनीतिका शिखर पुरूष महानायक स्व. गिरिजाप्रसादको जन्म विसं १९८१ असार २१ गते भारतको सहर्सा टेढी दीपनगर (हाल सुपौल, बिहार)मा निर्वासित कृष्णप्रसाद कोइराला र आमा दिव्या कोइरालाको कोखबाट भएको हो । उहाँको नाम जन्मनुभन्दाअघि नै यसरी तय गरिएको थियो—एक दिन जनकपुरपारि भारतको गिरिजादेवीको दर्शन गर्न गएका कोइराला दम्पतीले छोरा वा छोरी जे जन्मे पनि त्यसको नाम गिरिजा राख्ने संकल्प गरेका थिए ।
विराटनगरमा आफ्नै पिताले स्थापना गर्नुभएको पहिलो पूर्ण सार्वजनिक स्कुल आदर्श विद्यालयबाट शिक्षा प्रारम्भ गर्नुभएका कोइरालाले बनारस विश्वविद्यालयबाट बीए, बीटी परीक्षा उत्तीर्ण गर्नुभएको हो । विसं २०४८ साल मंसिर १२ गते बनारस हिन्दू विश्वविद्यालयले कोइरालालाई ‘डाक्टर अफ ल’ को उपाधि प्रदान गरेको थियो ।
विसं २००८ सालमा आफ्नै गुरूआमाकी छोरी सुष्मासँग प्रेम विवाह गर्नुभएका कोइरालाको विसं २०११ सालमा एकमात्र  सन्तान छोरी सुजाताको जन्म भयो । छोरी सुजाता १३ वर्षकी हुँदा विसं २०२४ सालमा आमा सुष्माको निधन भयो । ४५ वर्र्षीय कोइरालाले आजीवन विधुर बस्ने संकल्प गर्नुभयो ।
उहाँको सार्वजनिक जीवन मोरङ कटन मिलको सामान्य मजदुरबाट प्रारम्भ भयो । विसं २००३ साल फागुन २१ गतेदेखि प्रारम्भ भएको मजदुर आन्दोलनको नेतृत्व गिरिजाप्रसाद कोइरालाले गर्नुभयो । सोही क्रममा बीपी, गिरिजा र मनमोहन अधिकारीजस्ता योद्धाहरु पक्राउ पर्नुभयो । उहाँलाई तीन वर्ष जेलमा राखियो ।
विसं २०१२ सालमा वीरगन्जमा सम्पन्न पार्टीको महाधिवेशनले प्रजातन्त्र, राष्ट्रियता र समाजवादको नीतिगत कुराहरुका साथै पार्टीलाई अगाडि बढाउन जिल्ला सभापतिहरुको निर्वाचन ग¥यो । कोइराला मोरङ जिल्ला सभापतिमा चयन हुनुभयो । विसं २०१५ सालको पहिलो संसदीय चुनावमा बीपीले ‘चुनाव लड्ने कि पार्टी संगठन गर्ने ?’ भनी रोजाउँदा गिरिजाप्रसाद कोइरालाले संगठन गर्छु भनी रोज्नुभएको थियो । गिरिजाप्रसादको राजनीतिक कौशललाई बीपी र गणेशमानले स्वीकार गरिसक्नुभएको थियो । विसं २०३९ सालमा बीपीले आफ्नो जीवनको अन्तिम क्षणमा भन्नुभएको थियो– ‘गणेशमानमा भएको त्याग र दृढता, किसुनजीको जस्तो निर्णय क्षमता र गिरिजाको जस्तो सांगठनिक क्षमताको बोलबाला नेपाली कांग्रेसमा भयो भने नेपालमा छिटो प्रजातन्त्र आउने छ ।’ यस भनाइले पनि उहाँ पदलाई भन्दा पार्टी संगठनलाई बढी मह¤व दिनुहुन्थ्यो भन्ने पुष्टि गर्दछ ।
विसं २०१७ पुस १ गतेको शाही कदमपछि उहाँ पक्राउ पर्नुभयो । विसं २०१९ सालमा पत्नी सुष्मा र नाबालक छोरी सुजातालाई समेत पक्राउ गरियो । सात वर्षपछि उहाँलाई रिहा गरियो । विसं २०३० साल जेठ २८ गते नेपाल राष्ट्र बैंकको पैसा लिएर विराटनगरबाट काठमाडौँ उडेको विमान अपहरण काण्डको नेतृत्व उहाँले गर्नुभयो । उक्त विमानमा रहेको तीस लाख भारतीय रूपयाँले निरंकुश पञ्चायतविरूद्ध लड्न आन्दोलनका लागि हतियार खरिद गर्ने योजनाका योजनाकार स्वयं गिरिजाप्रसाद कोइराला हुनुहुन्थ्यो ।
विसं २०३४ सालमा पटना महाधिवेशनशाट  महामन्त्री बन्नुभयो । ०४६ सालको जनआन्दोलनपछि विसं २०४८ सालको चुनावमा मोरङ र सुनसरी दुवै क्षेत्रबाट निर्वाचित भई २०४८ जेठ १२ गते प्रजातन्त्र पुनस्र्थापनापछिको पहिलो निर्वाचित प्रधानमन्त्री बन्नुभयो । आफ्नै पार्टीका केही साथीहरुले असहयोग गरेका कारण विसं २०५१ असार २६ गते प्रधानमन्त्री पदबाट राजीनामा दिई मध्यावधि चुनावको घोषणा गर्नुभयो । त्यहीँदेखि नेपाली कांग्रेसमा मात्रै होइन, समग्र देशको राजनीति नै अस्थिर बन्न पुग्यो । त्यसपछि भएका चुनावमा कसैको पनि स्पष्ट बहुमत नआएका कारण संयुक्त सरकारहरु गठन भए । राजनीतिमा केही विसंगतीहरु देखा पर्न थाले । ०५१ साल कार्तिक २६ गते सम्पन्न मध्यावधि चुनावमा पनि कोइरालाले मोरङ र सुनसरी दुवै क्षेत्रबाट चुनाव जितेर सांसद् बन्नुभयो । पार्टीमा देखिएको दुई धारका कारण ८३ सिटमा मात्रै कांग्रेसले चित्त बुझाउन प¥यो भने नेपाल कम्युनिस्ट पार्टी
(एमाले) ले ८८ सिटमा विजय प्राप्त गरी पहिलो पार्टी बन्न सफल भयो र मनमोहन अधिकारीको नेतृत्वमा नेपालमा पहिलो कम्युनिस्ट सरकार गठन भयो । त्यो पनि नौ महिनाभन्दा बढी चल्न सकेन । ०५१ सालको चुनावपछि देशमा सांसद् खरिद–बिक्री हुन थाले, रातो पासपोर्टको दुरूपयोग भयो, पुरूष सांसद्ले सुत्केरी खर्च लिए । यी यस्ता घटनाहरुले गर्दा जनतामा राजनीतिप्रतिको मोह भंग भैरहेको थियो । त्यस्तै परिस्थितिमा  विसं २०५२ फागुन १ गतेदेखि माओवादीले देशमा जनयुद्ध सुरू ग¥यो ।
विसं २०५२ (वैसाख २६—२८)मा पार्टीको नवौँ महाधिवेशनबाट कोइराला सभापतिमा चयन हुनुभयो । विसं २०५४ चैत्र ३० गते दोस्रोपटक देशको प्रधानमन्त्री बन्नुभयो । विसं २०५५ पुस ५ गते राजीनामा दिनुभएका कोइराला ३ दिनपछि पुस ८ गते तेस्रोपटक प्रधानमन्त्री बन्नुभयो । विसं २०५६ सालको निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलेको अवस्थामा पु¥याउँछु भन्ने अठोटका साथ उहाँ अत्यन्तै क्रियाशील हुनुुभयो । नभन्दै उहाँको कठोर त्याग र परिश्रमले उक्त चुनावमा नेपाली कांग्रेसले स्पष्ट बहुमत प्राप्त ग¥यो । विसं २०५७ माघमा सम्पन्न पार्टीको दसौँ महाधिवेशनबाट पार्टी सभापतिमा उहाँ निर्वाचित हुनुभयो ।
देशमा माओवादी जनयुद्ध चलिरहँदा होलेरीमा सेना परिचालन गर्ने विषयमा राजासँग मतभेद भएपछि कोइरालाले प्रधानमन्त्री पदबाटै राजीनामा दिनुभयो । यस घटनाले कोइरालाको दरबारलाई हेर्ने दृष्टिकोणमा परिवर्तन भएको कुरा उहाँका अभिव्यक्तिहरुमा पाइन्छ । विसं २०५९ जेठ ८ गते मध्यरातमा राजा ज्ञानेन्द्रले प्रतिनिधिसभा विघटन गर्नुले आगोमा घिउ थप्ने काम
भयो । त्यसपछि कोइरालाले प्रतिनिधिसभा पुनस्र्थापनाको एक सूत्रीय माग गर्दै आन्दोलनको मोर्चामा क्रियाशील रहनुभयो । विसं २०५९ असोज १८ र २०६१ माघ १९ गतेको अलोकतान्त्रिक शाही कदमविरूद्धको अग्रणी मोर्चामा उभिनुभयो । यी घटनाहरुले कोइराला राजाप्रति झनै रूष्ट हुनुभयो । विसं २०६० वैशाख २८ गतेका दिन जनआन्दोलन २ का कमान्डर कोइराला शाही कदमका विरूद्ध आक्रोशित रुपमा उत्रिनुभयो । विसं २०६२ मंसिर ७ गते माओवादीसँग दिल्लीमा बाह्र बुँदे समझदारी भयो । त्यसपछि २०६२ चैत्र २४ गते उहाँकै नेतृत्वमा माओवादीसहितको संयुक्त जनआन्दोलनको प्रारम्भ भयो । अन्तः तत्कालीन राजा ज्ञानेन्द्रले घुँडा टेक्न बाध्य भए । फलस्वरुप, विसं २०६३ वैशाख ११ गते प्रतिनिधिसभा पुनस्र्थापना गरे । कोइरालाको संकल्पले सार्थकता पायो । विसं २०६३ वैशाख १२ गते पाँचौँपटक प्रधानमन्त्री बन्नुभयो । विसं २०६३ मंसिर ५ गते माओवादीसँग भएको बृहत् शान्ति सम्झौताको नेतृत्वकर्ताका रुपमा हस्ताक्षर गर्नुभयो । विसं २०६४ सालमा सम्पन्न पार्टीको एघारौँ महाधिवेशनबाट पुनः पार्टी सभापतिमा निर्वाचित हुनुभयो । विसं २०६४ साल चैत्र २८ मा उहाँकै नेतृत्वमा पहिलो संविधानसभाको निर्वाचन सम्पन्न भयो । विसं २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकले नेपालमा राजतन्त्रको अन्त्य गरी लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा भयो । कोइराला पहिलो नागरिक राष्ट्रप्रमुख बन्नुभयो । विसं २०६५ श्रावण ३१ गते प्रधानमन्त्री पदबाट राजीनामा दिई सिङ्गो राष्ट्रको अभिभावक बन्नुभयो । विसं २०६६ साल माघमा गठित उच्चस्तरीय राजनीतिक संयन्त्रको नेतृत्व गर्नुभयो । विसं २०६६ चैत ७ गते उहाँको देहावसान भयो । चैत ८ गते राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा उहाँको अन्त्येष्टि गरियो । कोइराला सबैभन्दा धेरै मलामी पाउने भाग्यमानी राजनेतामध्ये  एक हुनुहुन्छ ।
आफ्नो छ दशकभन्दा लामो सिङ्गो जीवन नै राजनीतिमा लगाउनुभएका कोइरालाले ०४६ पछि अधिकांश समय सरकारको नेतृत्व गर्ने मौका पाउनुभयो । सरकारको नेतृत्वमात्र होइन, जीवनको अन्तिम क्षणसम्म देशको राजनीति उहाँको वरिपरि घुमिरह्यो । उहाँको निधनपछि अहिले देशको राजनीति अल्मलिएको जस्तो भएको छ । दस वर्षे जनयुद्धमा लागेको माओवादीलाई शान्तिपूर्ण रुपमा लोकतान्त्रिक धारमा सामेल गराई चुनावमा भाग लिनु भनेको लोकतान्त्रिक मूल्यमान्यतालाई स्वीकार गर्नु हो । माओवादीले लोकतन्त्रलाई रणनीतिक योजनाका रुपमा लिएको कुरा पछिल्ला घटनाक्रमले प्रस्ट पार्दछ । कुनै समयमा नेपालका कम्युनिस्ट शक्तिहरुको बढी आलोचनाका पात्र बन्नुभएका कोइराला जीवनको अन्तिम क्षणमा कम्युनिस्टहरुसित लोयल बनेर सबैको राजनेताका रुपमा आफूलाई प्रस्तुत गर्न सफल हुनुभएको इतिहास छ ।

Related Posts

के हामीमा ‘गुट’ बहिष्कार गर्ने हिम्मत छ !

के हामीमा ‘गुट’ बहिष्कार गर्ने हिम्मत छ !

धर्म जीवनको खोज हो

आफ्नो क्षमतालाई चिन्नुहोस् !

कर्म नै धर्म हो (लक्ष्मणरेखा)

कर्म नै धर्म हो (लक्ष्मणरेखा)

Discussion about this post

अन‌ि यो पनि

चेपाङ गाउँमा शैक्षिक प्रगति : एउटै कक्षामा पटकपटक पढ्ने बाध्यता हट्यो
प्रमुख समाचार

राप्ती नगरपालिकामा ट्याक्टर पल्टँदा कम्तीमा पाँच जनाको मृत्यु

भण्डारा । घर ढलान गरेर फर्केका मजदुरहरु चढेको ट्याक्टर दुर्घटना हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा २०...

Read more
बालश्रम न्यूनीकरणबारे आमा समूहसँग अन्तक्र्रिया

बालश्रम न्यूनीकरणबारे आमा समूहसँग अन्तक्र्रिया

देशभर १४१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि

चितवनमा दुई दिनमा १० जना संक्रमित

रत्ननगर, राप्ती, कालिका र इच्छाकामनामा संक्रमित संख्या शून्य

कोरोना भाइरस : सुदूरपश्चिम प्रदेश उच्च जोखिममा

संसद् पुनःस्थापनाले मात्र लोकतन्त्र र संविधान सही गतिमा आउँछ : वरिष्ठ नेता पौडेल

संसदीय प्रणाली जोगाउने कांग्रेसको दायित्व : वरिष्ठ नेता पौडेल

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In