ADVERTISEMENT
३० चैत्र २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
३० चैत्र २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

संविधानसभालाई बन्धक राख्नुहुन्न ः अर्थमन्त्री

by चितवन पोष्ट
२०७१ चैत्र ७, शनिबार ०३:१७ गते
in राजनीति, समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

–बसन्त पराजुली
भरतपुर । अर्थमन्त्री डा.रामशरण महतले संविधान निर्माण प्रक्रिया अगाडि बढाउन ढिलाइ गर्न नहुने बताएका छन् । नेपाल प्रेस युनियन चितवनले शुक्रबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले संविधान निर्माण प्रक्रिया अगाडि बढाउन माग गरे ।
‘स्थगित भएको संविधानसभाको बैठक बोलाएर संविधान निर्माण प्रक्रिया अगाडि बढाउनुपर्छ’, उनले सभामुख सुवासचन्द्र नेम्वाङको नाम नै लिएर थपे, ‘सहमति हुनै सक्दैन भने सहमतिका नाममा कति दिन संविधानसभालाई बन्धक राख्ने ?’
“संविधानसभाको बैठक यथाशीघ्र डाकेर संविधान निर्माणको प्रक्रिया थाल्नुपर्छ”, उनले भने, ‘संविधानसभालाई लामो समयसम्म स्थगित गरिराख्नु राम्रो संकेत होइन ।” संविधानसभाबाट संविधान बनाउने प्रक्रिया रोक्ने अधिकार कसैलाई पनि नभएको भन्दै अर्थमन्त्री डा. महतले सके सहमतिमा नभए पनि प्रक्रियाबाटै संविधान बनाउनुपर्नेमा जोड दिए ।
‘प्रक्रिया रोकेर संविधानसभाको अधिकार हनन् गर्ने अधिकार कसैलाई छैन”, उनले भने, ‘दलहरुबीचको विवाद मिलाउने नाममा लामो समय संविधानसभा रोक्न मिल्दैन । तुरुन्तै संविधानसभाको बैठक सञ्चालन गर्नुपर्छ ।’
उनले सभामुख सुवासचन्द्र नेम्वाङले यथाशीघ्र संविधानसभाको बैठक डाकेर विवाद मिले पनि नमिले पनि प्रक्रिया अगाडि बढाउनुपर्ने धारणा पनि राखे ।
“संविधानसभा कमजोर बनाउन हुँदैन, बैठक डाकेर टुङ्गोमा पुग्नुपर्छ”, उनको स्पष्ट भनाइ थियो, “सत्तामा रहेका दलहरु संविधान जारी गर्न जेठ १५ भन्दा टाढा जाने पक्षमा छैनन् भन्ने कुरा सबैले बुझे हुन्छ ।”
विवादित विषयमा दलबीच छलफल भइरहेको भए पनि निष्कर्षमा नपुगेको उनको भनाइ थियो । अर्थमन्त्री डा. महतले सहमतिमा पुग्ने कुरामा आफूहरु विश्वस्त रहेको धारणा पनि राखे ।
विपक्षी दलहरुले घोषणा गरेको आन्दोलनको कुनै औचित्य नरहेको भन्दै उनले जनता आन्दोलनको पक्षमा नभएको दावीसमेत गरे । “अहिले आन्दोलन गर्ने बेला होइन्, सहमतिबाट संविधान जारी गर्ने हो । सहमति गर्न छाडेर आन्दोलनमा जानु देशको हितमा छैन ।’ उनले थपे ।
संविधान निर्माण प्रक्रियामा देखिएको मुख्य विवाद संघीयता भएको जनाउँदै उनले राज्य पुनर्संरचना गर्दै गर्दा प्रदेश निर्माणमा विशेषतः आर्थिक पक्षलाई ध्यान दिने हो भने त्यो विवाद समाधान हुने जिकिर गरे ।
“धेरै प्रदेश बनाउँदा वित्तीय स्रोतको अभाव हुनसक्छ । गरिब राष्ट्रका प्रान्तहरु वित्तीय समस्याले असफल हुनसक्छन् । देशको अर्थतन्त्रले धान्ने प्रदेश बनाउन जरुरी छ ”, उनले आफ्नो धारणा राखे ।
उनले सोही अवसरमा देशको आर्थिक विकासका लागि जलश्रोत, कृषि र पर्यटन विकासमा क्रान्ति ल्याउन जरुरी रहेको धारणा पनि राखे । “आगामी आठ वर्षमा नेपाललाई कायापलट गराउने हो भने पहिला कृषि, जलश्रोत र पर्यटनको विकासमा लगानी बढाउनुपर्छ”, उनले भने, “सरकार यही क्षेत्रको विकासका लागि ठोस कार्यक्रम तय गर्न जुटेको छ ।”
माथिको सव न्यूज
‘देश विकासका लागि उत्पादनमूलक कार्यक्रम ’
गैँडाकोट । नेपालमा हरेक क्षेत्र उत्पादनशील रहेकोले यसलाई प्राथमिकता दिएर नीति, योजना बनाएमा देशको विकासले फड्को मार्ने अर्थमन्त्री डा. रामशरण महतले बताएका छन् ।
‘अल्पविकसित मुलुकबाट स्तरोन्नति’ विषयक विजय विकास स्रोत केन्द्रले शुक्रबारबाट सुरू गरेको दुईदिने राष्ट्रिय सेमिनारमा मन्त्री महतले देश विकासका लागि उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने विचार व्यक्त गरेका हुन् ।
नेपालको  विकास विगत वर्षहरुमा भन्दा केही हदसम्म वृद्धि हुँदै गइरहेको दावी गर्दै उनले आम्दानीमध्ये ८० प्रतिशत आर्थिक स्रोत आन्तरिक स्रोतअन्तर्गत रहेको र २० प्रतिशतमात्र वैदेशिक लगानीमा भर पर्नुपरेको बताए । नेपाली जनता र देशप्रतिको नकारात्मक सोचाइलाई त्यागेर आशावादी हुनुपर्नेमा उनको जोड थियो ।
उनले देशको आर्थिक स्तरोन्नति गर्न राज्यले व्यवसायिक कृषकहरुलाई प्रोत्साहन गर्न छ प्रतिशत ब्याजदरसहित कर्जा उपलब्ध गराउने योजना सुनाए । नेपालमा अहिले केन्द्रदेखि तल्लो तहसम्म राजनीतिक मुद्दालाई मात्रै बहस र छलफलको विषय बनाएका कारण नेपाल अल्पविकसितमै सीमित रहेको उनको विश्लेषण थियो ।
संस्थाका अध्यक्ष वसन्तराज लम्सालको अध्यक्षतामा गरिएको कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य स्वर्णीम वाग्ले, आयोगका पूर्वअध्यक्ष जगदीशचन्द्र पोखरेल, सभासद् बैजनाथ चौधरी, नवलपरासीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली, जलस्रोत विभागका इन्जिनियर ज्ञानेन्द्रलाल प्रधानलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विज्ञहरुले नेपाललाई अल्पविकसित मुलुकबाट कसरी स्तरोन्नति गर्न सकिन्छ भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रम आज शनिबारसम्म जारी रहनेछ ।

Related Posts

संसद् पुनःस्थापनाले मात्र लोकतन्त्र र संविधान सही गतिमा आउँछ : वरिष्ठ नेता पौडेल

संसदीय प्रणाली जोगाउने कांग्रेसको दायित्व : वरिष्ठ नेता पौडेल

पार्टीको आधिकारिकता हामीसँग छ : नेपाल

विधिको पालना र सकारात्मक छलफलले मात्र निकास निस्किन्छ : नेता नेपाल

एमालेको प्रशिक्षण र वडा कमिटी गठन

एमालेको प्रशिक्षण र वडा कमिटी गठन

Discussion about this post

अन‌ि यो पनि

चेपाङ गाउँमा शैक्षिक प्रगति : एउटै कक्षामा पटकपटक पढ्ने बाध्यता हट्यो
प्रमुख समाचार

राप्ती नगरपालिकामा ट्याक्टर पल्टँदा कम्तीमा पाँच जनाको मृत्यु

भण्डारा । घर ढलान गरेर फर्केका मजदुरहरु चढेको ट्याक्टर दुर्घटना हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा २०...

Read more
बालश्रम न्यूनीकरणबारे आमा समूहसँग अन्तक्र्रिया

बालश्रम न्यूनीकरणबारे आमा समूहसँग अन्तक्र्रिया

देशभर १४१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि

चितवनमा दुई दिनमा १० जना संक्रमित

रत्ननगर, राप्ती, कालिका र इच्छाकामनामा संक्रमित संख्या शून्य

कोरोना भाइरस : सुदूरपश्चिम प्रदेश उच्च जोखिममा

संसद् पुनःस्थापनाले मात्र लोकतन्त्र र संविधान सही गतिमा आउँछ : वरिष्ठ नेता पौडेल

संसदीय प्रणाली जोगाउने कांग्रेसको दायित्व : वरिष्ठ नेता पौडेल

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In