नारायणगढ । लिटिल फ्लावर स्कुल नारायणगढले शिक्षकहरुको स्त्तरोन्नतिको लागि ‘ब्रेन ट्रेन’ तालिम दिएको छ ।
पुरातन सोचबाट बढिरहेको शिक्षा प्रणालीमा रुपान्तरण गर्दै कसरी समयानुकुल विद्यार्थीहरुसँग जानकार रहन सकिन्छ भनेर तालिम दिइएको हो । विद्यालयका ६० जना शिक्षकहरु समावेश रहेको तालिममा मानिसमा भएका विभिन्न प्रकारका प्रतिभाहरुको पहिचान गर्ने तरिका सिकाइएको थियो ।
स्कुलका प्रिन्सिपल रोविन्ले संयोजन गरेको तालिममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुननारायण श्रेष्ठ, चितवन पोष्टका गोविन्द अर्याललगायतले यस प्रकारको तालिमले विद्यार्थीको मनोविज्ञान र विद्यार्थीमा देखिने विभिन्न समस्याहरु पहिचान गरेर अगाडि बढ्न सहयोग पु¥याउने विचार राखेका थिए ।
तालिममा प्रशिक्षक मोहन काफ्लेले जन्मँदै लिएर आएको जन्मजात क्षमताको पहिचान गर्ने विज्ञानले प्रमाणित गरेको अत्याधुनिक पद्दति डिएमआई टेष्टको बारेमा अवगत गराएका थिए ।
Discussion about this post