भरतपुर । हरेक वर्ष घोडा जात्राको अघिल्लो दिनमा मनाउने गरिएको सातौ नाय दिवसको अवसरमा नेपाल खड्गी सेवा समिति चितवनले विशेष नृत्यहरु प्रदर्शन गरेको छ ।
भरतपुर–२ बेलटाँडीबाट झाँकीसहितको ¥यालीले बालकुमारी चोक, पुतलीबजार, मेन रोड परिक्रमा गर्दै रेडक्रस भवनमा गएर सभामा परिणत भएको थियो । नेपाल खड्गी सेवा समितिका केन्द्रीय सदस्य दिलबहादुर खड्गीले कार्यक्रममा छरिएर रहेका खड्गीहरुलाई एकत्रित गर्नको लागि पर्वको आयोजना गरिएको बताए ।
संस्थाका अध्यक्ष मनोज खड्गीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संथाका केन्द्रीय सदस्य दिलबहादुर खड्गी प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा संस्थाका सल्लाहकार बुद्धिलाल खड्गी, बालमुकुन्द खड्गी, सिद्ध्रित्न खड्गी, जीवन खड्गी, सुुशिला खड्गी, अनिल खड्गीलगायतको उपस्थिति रहेको थियो । नाय दिवस चितवनलगायत अधिराज्यका ४२ जिल्लामा विविध कार्यक्रम गरि मनाइएको विष्णु खड्गीले जानकारी दिए । नायको अर्थ हामी सबैभन्दा अगाडि भन्ने हुने खड्की समाजले जनाएको छ ।
Discussion about this post