भरतपुर । नेपाली काँग्रेसका प्रजातान्त्रिक योद्धा क्याप्टेन मोहनबहादुर थापाको १३ औ दिनको तिथिमा नेपाली काँग्रेस वडा समिति भउनपा–१२ ले शोकसभा गरेको छ ।
सभामा नेका जिल्ला कार्य समितिका सदस्य भवन निर्माण समितिका संयोजक शालिकराम शर्मा पौडेल, परिवारका तर्फबाट छोरी महिला नेत्री शारदा रावल तथा सभासद् रामकृष्ण घिमिरे, पूर्व सहायक मन्त्री सावित्री वोगटी पाठक, नेपाली काँग्रेस चितवनका कार्यवाहक सभापति भूपतिदास सापकोटा, क्षेत्र नम्बर ३ का सभापति प्रमोद कुमार श्रेष्ठ स्व थापाको योगदानको बारेमा चर्चा गरेका थिए । उनीहरुले समाजसेवी थापाले देखाएको बाटोलाई अहिलेको युवा पुस्ताले अवलम्बन गर्नुपर्ने बताएका थिए ।
नेपाली काँग्रेस बुथ समितिका सचिव प्रेमप्रसाद घिमिरेले सञ्चालन गरेको कार्यक्रममा बुथ समितिका सभापति अर्जुनप्रसाद रिजालको संयोजकत्वमा सम्पन्न भएको थियो ।
Discussion about this post