डा. धनपति कोइराला
प्रश्नावली समिति बनेपछि दलहरुका बीचको विवादले उत्कर्ष रुप लिइरहँदा सत्तापक्षमाथि सशक्त दबाब सृजना गर्ने अभिलाषाले प्रतिपक्षी दलहरुले फागुन १६ गते काठमाडौँमा शक्ति प्रदर्शन गरे । अपेक्षाकृत जनउपस्थिति नरहेकै परिप्रेक्ष्यमा यति डोजले मात्र सत्तापक्षलाई खासै दबाब नपुग्ने देखेपछि कार्यक्रममा भाग लिने बहानामा डा. भट्टराई दिल्ली पुगे । एनेकपा माओवादीले आफूहरुलाई क्रान्तिकारी र परिवर्तनका संवाहक शक्तिका रुपमा दाबी गरिरहँदा यहाँ डाक्टर साहेबबाट व्यक्त भएको विचार राष्ट्रवादी दृष्टिले पूर्णतः विरोधाभासपूर्ण देखा प¥यो । नेपाल पूर्णतः सार्वभौम राष्ट्र भनिए पनि व्यवहारतः यस्तो स्थिति छैन र देखिन्न पनि । यो मुलुक साउथ ब्लकको उपनिवेश बन्नमा वस्तुतः भट्टराई प्रवृत्ति जिम्मेवार छ ।
विसं २००७ सालको कात्तिकतिर तत्कालीन राजा त्रिभुवनले भारतीय दूतावासमा शरण लिएदेखि आरम्भ भएको यो उपनिवेश अद्यापि विद्यमान छ । राणाशासन अन्त्य गर्न होस् वा बेलाबेलामा नेपालमा हुने गरेका सशस्त्र वा निःशस्त्र विद्रोहका निम्ति भारतमै दल खोल्ने, पार्टी विस्तार गर्न सहज वातावरण पाइनेजस्ता गतिविधिकै आभारस्वरुप पनि नेपालका दलहरु मैनझैँ पग्लिने गरेका छन्, भरतसमक्ष । यसबाट पनि नेपाल अर्धउपनिवेश बन्न पुगिरहेको छ, अद्यापि ।
पृथ्वीनारायण शाहले विदेशी शक्तिका अघि मुलुकको स्वाभिमान गुम्न दिएनन् । रणबहादुर शाहका शासनकालमा इस्ट इन्डिया कम्पनी सरकार र नेपालका बीच विभिन्न नाकाहरुमा भएको भीषण युद्धमा नेपाल पक्ष वीरतापूर्वक लडिरहँदा केही नाकाहरुमा भएको क्षतिबाट प्रभावित बनेको नेपाल सरकारले मुलुकका ठूलो भाग सुम्पिँदै सुगौली सन्धि ग¥यो र युद्ध अन्त्य ग¥यो । तर, सन्धि नै गरे पनि देशको सार्वभौमिक सत्तालाई गुम्न दिएन । २००३ सालमा कोतपर्वमार्फत देशमा जहानियाँ राणाशासन आरम्भ भयो । जङ्गबहादुरले इस्ट इन्डिया कम्पनी सरकारसँग केही समझदारी गरे । उनले भारतमा अङ्ग्रेज उपनिवेशका विरूद्ध उठेको विद्रोहलाई मत्थर पार्न सहयोग गरे । यो सहयोगको गुन पहिले सन्धि गरिँदा लिएको नयाँ मुलुक भनेर चिनिने बाँके, बर्दिया, कैलाली र कञ्चनपुर फिर्ता गरेर ति¥यो । तर, नेपालको सम्प्रभुत्व गुम्न दिएन ।
यसपछिका अन्य राणा–शासकहरु थोरैधेरै इस्ट इन्डिया कम्पनी सरकारसँग टाढा–नजिक रहे पनि नेपालको सार्वभौकितामा दख्खल पुग्ने गरी कुनै त्यस्तो कार्य गरेनन् । यसको अर्थ राणाशासन पद्धति ठीक थियो भन्नेचाहिँ शतप्रतिशत नै होइन, तर सम्प्रभुता गुम्न दिएको थिएन भन्नेमात्र हो । नागरिकका सम्पूर्ण मौलिक अधिकार कुण्ठित तुल्याइरहेको एवम् सार्वभौम समृद्धि र विकासका सन्दर्भमा पनि धेरै पछि पारिइरहेको सन्दर्भमा यस व्यवस्थालाई जतिसक्दो छिटो अन्त्य गर्नुपर्ने अवस्था सृजना भएकाले जनता यसको विरोधमा उत्रिन थाले ।
भारतीय भूमिमा प्रजा परिषद्, नेपाली कांग्रेस, नेपाल कम्युनिस्टजस्ता पार्टीहरु खोलिए । मोरङका इलाकाहरुबाट सशस्त्र आन्दोलन भए । भारतमा उपनिवेशविरोधी नारा घन्कन
थाल्यो । त्यसमा नेपाली नेताहरुले ऐक्यबद्धता जनाए । गिरप्mतारी
दिए । भारत निर्वासनमा रहेका कयौँ नेपालीहरु पनि प्रत्यक्ष रुपमा आन्दोलनमा होमिए । भारतीय जनताहरुबाट उर्लिएको विरोधरुपी सुनामीलाई तत्कालीन अङ्ग्रेज सरकारले थेग्न सकेन । फलतः अङ्ग्रेज सरकार झुक्यो । भारत स्वतन्त्र भयो । नेपाल अझै जहानियाँ शासनकै चक्रव्यूहमा फसिरहेको
थियो । भारत स्वतन्त्र भएपछि प्रधानमन्त्री बनेका जवाहर नेहरूले नेपालका पार्टीहलाई साथ दिए । तत्कालीन राजा त्रिभुवनलाई भारतीय राजदूतावास हुँदै दिल्ली निर्वासित हुनका निम्ति वातावरण बनाइदिए ।
सशस्त्र र निःशस्त्र आन्दोलनहरुले उचाइ चुम्न थालेपछि राणा सरकार झुक्यो । भारतकै उपस्थितिमा भारतीय भूमिमै राणा सरकार, राजसंस्था र दलहरुका बीच त्रिपक्षीय सम्झौता भयो । फलतः २००७ साल फागुन ७ गते मुलुकमा प्रजातन्त्र स्थापित भयो । यो सम्झौताका निम्ति भारतले मध्यस्थता गरिदिएको थियो । हो, यही सम्झौता गराइदिई प्रजातन्त्र ल्याउनमा सहयोग गरेको भन्दै भारतले त्यसको क्रेडिट लिन सधैँ नेपाललाई ब्ल्याकमेलिङ गरिरह्यो ।
नेपालको नेतृत्व पनि रमेश विकलद्वारा लिखित ‘लाहुरी भैँसी’ कथाको द्वारेबाट शोषित लुखुरे पात्रझैँ कृतज्ञ बनिरह्यो । भारत सधैँका निम्ति मसिहा बनिरह्यो । भारतको स्वतन्त्रता प्राप्तिका निम्ति नेपाली जनता र नेताले खेलेको भूमिका लुखुरेले शोषक द्वारे बाको खेतीपाती लगाउने बेलामा सित्तैमा काम गरिदिएझैँ भयो । त्यसको कुनै मूल्य रहेन । वास्तवमै भन्दा नेपाल–भारत सम्बन्ध रमेश विकलको ‘लाहुरी भैँसी’ कथाजस्तै छ । द्वारेले लुखुरेको स्वस्थ, सुन्दर र अत्यन्त दुधालु भैँसीलाई पनि आफ्ना मतियारहरुको सहयोग लिई रोगी छ भन्ने सिद्ध ग¥यो । उसको ब्वाँसाको जस्तो धूर्त चाल बुझ्न नसकेको लुखुरेले मरेपछि फाल्नुभन्दा जिउँदो छँदै सस्तोमा दिएर कम क्षति व्यहोर्नु उत्तम ठानी एक–दुई दिनअघि किनेको रकमको आधा दाममै भैँसी सुम्पियो र सधैँ खेतीपातीमा पनि बिनाज्याला सहयोग गर्न राजी भयो ।
यहाँ कथा एउटा प्रतीकका रुपमा प्रस्तुत छ । यसमा वर्णित द्वारे भनेकै भारत हो । लुखुरे भनेकै नेपाल । लाहुरी भैँसी भनेकै नेपालका जलजमिन, वन र खनिज सम्पदाको दोहन । भैँसी रोगी छ भन्नु भनेकै पानी बगेर यतै आउँछ, जडीबुटी र खनिज सामग्रीहरु कमसल छ भनेर कतिपय चीज सित्तैमा र कतिपय गुन्द्रुकको मोलमा लैजानु तर लुखुरेले मर्नुभन्दा थोरै भए पनि रकममा दिएजस्तै अझै पनि पिटिए र पिडिए गरिँदा सस्तैमा गर्ने भारतीय नियत देखिनु र द्वारेका मतियारहरु भनेकै नेपालका डा. भट्टराई, ओली, नेपाल, दाहाल, थापा, खड्का, यादव, कोइराला, पौडेल र देउवाहरु हुन् । जसले आफ्ना वर्गीय नेपाली जनताहरुको भन्दा द्वारेजस्ता सामन्तकै भलो चाहन्छन् । आप्mनो हैसियत अलिकति तल–माथि भयो भने विभिन्न बहाना बनाएर रूँदै र चिच्याउँदै द्वारेरुपी भारती नेतृत्वकै आँगनमा लम्पसार गर्न पुग्छन् र भट्टराईले जस्तै आफ्नो स्थान सुरक्षित राख्ने हरकत गर्दछन् ।
द्वारेले आफ्नो साथ नदिनेजस्तो देखिनेबित्तिकै न्वारानदेखिकै बल झिकेर तिनै द्वारेको सत्तोसराप गर्न थाल्छन् र जनताको आँखामा छारो हाल्छन् र उग्र राष्ट्रवाद प्रस्तुत गर्दछन् । यो सिद्धान्त र व्यवहारमा देखा परेको विरोधाभास जनमतका लागिमात्र थियो, छ र रहने गर्दोरहेछ भन्ने पुष्टि गरेको छ । आफ्नो दुनो सोझ्याउन द्वारेकै पक्षपोषण गर्ने मनोवृत्ति २००७ सालबाट संस्थागत भयो । यसैको छाया कोशी, गण्डक, महाकाली आदि सन्धिहरुमा देखिन्छ । नेपालको माइक्रो–म्यानेजमा पनि गरेको हस्तक्षेपकारी भूमिकाहरुमा देखिन्छ । यस्तो स्थिति सृजना हुनमा पञ्चायतले आफूलाई टिकाउन उनै द्वारेको पाउ प¥यो र कालापानी सुम्पियो । पञ्चायत ढाल्न दलहरु पनि उनैको पाउ पर्न गए । र, पञ्चायत ढाल्नमा सहयोग गरेबापत् महाकाली सुम्पिदिए । भारतकै सक्रियतामा दिल्लीमा २०६२ सालमा राजतन्त्र ढालेर गणतन्त्र ल्याउने उद्देश्यसहित ७ दल र तत्कालीन माओवादीका बीच बाह्र बुँदे सहमति गरियो । यसैको प्रत्यक्ष–परोक्ष रुपमा क्रेडिट खोजिरहेको छ, भारतले । त्यसैलाई मलजल गरेर फर्किए डा. साहब यसपटक । उनले भारतलाई शान्ति प्रक्रियाको एउटा हिस्सेदार पक्ष भनेर अनावश्यक मह¤व दिए र कूटनीतिक मर्यादामा प्रभाव पारे । उनले भूपि शेरचनको ‘घुम्ने मेचमाथिको अन्धो मान्छे’ कविताको कथनलाई सिद्ध गरे । क्यारमबोर्डको सानो गोटीलाई ठूलो अर्को गोटी (स्ट्राइकर) ले हानेर मात्र यताउता सर्ने खेलसँग तुलना गरे र लघुताभासको झल्को दिए । वस्तुतः त्यहाँ नेपाली नेतृत्व स–साना गोटी भएको र त्यसलाई भारतीय नेतृत्वरुपी गोटीले मिलाइदिनु पर्ने तथ्यलाई पुष्टि गरेर फर्किए डा. भट्टराई पनि ।
वस्तुतः भारतलाई अनुचित मह¤व दिने, उसको चाकडी गर्न उपचारको बहानामा दिल्ली पुग्ने र घरभित्रका सारा गोप्य सूचनाहरु चुहाउने, भक्तिभाव प्रकट गर्न आतुर र व्यग्र प्रतीक्षारत रहने, सधैँ मगन्तेझैँ आपूmलाई प्रस्तुत गर्ने, हीनता र लघुताबोधबाट ग्रसित रहने, भारतका स–साना नेतादेखि तल्लो दर्जाका कर्मचारीलाई पनि नमस्ते गर्दै भेटघाट गर्न भारतीय दूतावास नै पुग्ने, सीमा मिच्दा चुँसम्म बोल्न नसक्ने, राजधानीको मुटुमा प्रवेश गरी सशस्त्र भारतीय सेनाले नेपाली नागरिक पक्राउ गर्दासम्म थाहासम्म नपाएको बहाना गर्ने नेतृत्वको गैरजिम्मेवारपूर्ण क्रियाकलापले देश स्वाधीन बन्न सकेको छैन । मोदीले नेपालको संसद्मा नेपाल पूर्णतः सार्वभौम मुलुक भएको घोषणा गरिरहँदा मुस्कुराइरहेका दलहरु त्यो बोली अन्तरिक्षमा गुञ्जायमान भइरहेकै अवस्थामा पनि स्वयं त्यो सार्वभौमिकता भारतमै सुम्पन पुग्नुले भारतभन्दा नेपाली नेतृत्व नै भारतपरस्त छ र भारतलाई सार्वभौमसत्ता सुम्पिन चाहन्छ । भारतको उपनिवेशबिना आफूलाई असुरक्षित ठान्ने गर्छ भन्ने अनुभूति जनमानसमा पैदा भएको छ । यस अर्थमा केवल लोकप्रियताकै लागि भारतको विरोध गर्ने परम्परा रहेको पुष्टि हुन्छ । यसरी केवल लोकप्रियताकै लागि भारतको विरोध गर्नुभन्दा जनता र देशमाथि गद्दारी गर्न बन्द गर्नुपर्छ । देशमाथि माया र जनतामाथि अपार विश्वास गर्नुपर्छ । सेवा र कर्तव्यको भावनाले ओतप्रोत हुनुपर्छ । ‘भाइ फुटे गवाँर लुटे’ भन्ने उक्तिलाई मनन् गरी आपसी सहमति र सहकार्यबाट आफैँ समाधानको बाटो पहिल्याउनुपर्छ । आफैँ आफ्नो समस्या समाधान गर्ने दिशामा अग्रसर हुन सके देश र जनता स्वावलम्बी बन्ने बाटो स्वतः खुल्दछ । नेतृत्वमा आत्मविश्वास र सद्भावको भावना पैदा हुन थाल्दछ । अर्काले गाली गर्नु पर्दैन र अनावश्यक विदेशीको चाकरी गर्नु पनि पर्दैन । यस तथ्यलाई समयमा नै बुभ्mनु जरूरी छ । स–सानो कुरामा प्रभावित बन्ने र सुनामी पैदा गर्ने, आफैँ समस्या जन्माउने र आफैँ पिरोलिने प्रवृत्ति त्याग्नु र आपसी समझदारी विकास गर्नु जरूरी छ ।
Discussion about this post