ADVERTISEMENT
३१ चैत्र २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
३१ चैत्र २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

होस्टेलभित्र विद्यार्थीको मृत्युपछि तनाव

by चितवन पोष्ट
२०७१ चैत्र ३, मंगलवार ०२:०९ गते
in प्रमुख समाचार
0
0
SHARES
Share on FacebookShare on Twitter

होमनाथ सापकोटा
खैरहनी । खैरहनी पर्सा बजार सोमबार केहीबेर तनावग्रस्त बन्यो । नेपाल आदर्श शिक्षा सदनको होस्टेलभित्रै एसएलसी तयारी गरेका एक विद्यार्थीको मृत्युको विषयलाई लिएर विरोधमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप भएपछि पर्सा बजारको स्थिति केहीबेर तनावपूर्ण बनेको थियो । एक घण्टा राजमार्गसमेत अवरूद्ध भयो ।
कठार–५ जीवनपुर घर भएका १७ वर्षका गौरव बस्नेत आइतबार बिहान नेपाल आदर्श शिक्षा सदनको होस्टेलभित्र मृत अवस्थामा फेला परेका थिए । प्रहरीले विद्यार्थी बस्नेत झुण्डिएको अवस्थामा भेटिएको र अनुसन्धान अगाडि बढिरहेको बताएको छ । विद्यालयले विद्यार्थी बस्नेतले आत्महत्या गरेको दाबी गरेको छ ।
टिसर्टले पासो लगाएर पंखामा झुन्डिएको अवस्थामा विद्यार्थीहरुले निकालेर उपचारका लागि भरतपुर अस्पताल लैजाँदा चिकित्सकले मृत घोषणा गरेको विद्यालयको दाबी छ । मृतकका आफन्तले विद्यालयको कुरालाई झुटो भन्दै हत्या नै भएको आरोप लगाएका छन् । विद्यार्थी बस्नेतलाई पिटेर हत्या गरिएको मृतकका आफन्तहरुले आरोप लगाएका छन् ।
बस्नेतका आफन्तले हत्या नै भएको भन्दै दोषी पत्ता लगाउन माग गर्दै प्रदर्शन गरेका थिए । प्रदर्शनको क्रममा स्थानीय र प्रहरीबीच झडप भएको छ । घटनाको विरूद्धमा आन्दोलित बनेका आफन्त र स्थानीयले विद्यालयमा नै गएर प्रर्दशन गरेपछि तीव्र झडप भएको हो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले चार सेल अश्रुग्याससमेत प्रहार गरेको थियो ।
मृतकका आफन्तहरुले आत्महत्या नभई हत्या भएको प्रहरीमा उजुरी दिएपछि अनुसन्धानका लागि प्रहरीले विद्यालयका दुई शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विद्यालयका प्रधानाध्यापक विन्दु पौडेल र होस्टेल इन्चार्ज सन्तोष पौडेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पीडित पक्षले दुई जनाविरूद्ध गत आइतबार नै ठाडो उजुरी दिएका छन् ।
स्कुलमा तोडफोड हुने भएपछि प्रहरी प्रतिकारमा उत्रिएको डिएसपी राजन अधिकारीले बताए । प्रहरीसँगको झडपमा लोकबहादुर कुँवर घाइते भएका थिए । उनको उपचार भइरहेको छ । अर्का एक जना पनि झडपमा घाइते भएका छन् । वातावरण सहज बनाउन पीडितपक्षसँग नियमित सम्पर्क र वार्ता भइरहेको प्रहरीले बताएको छ ।
पीडितपक्ष राजी नहुँदा पोष्र्टमार्टम नभएको प्रहरीको भनाइ छ । पोष्टमार्टमबाट मृत्युबारे थप जानकारी आउने हुँदा अहिले केही भन्न नसकिने चितवन प्रहरी प्रवक्ता डिएसपी अधिकारीले बताए ।
‘कसरी आत्महत्या हुन सक्छ ?’
खैरहनी । म मृतक गौरव बस्नेतको बुबा टेकप्रसाद बस्नेत हुँ । मेरो छोराको आत्महत्या होइन, हत्या भएको हो । कक्षा कोठामा रगत छ, हात र खुट्टाका आंैला काटिएका छन् । ढाडमा निलडाम छन् । यो कसरी आत्महत्या हुन सक्छ ? बेलुका नै हत्या गरी बिहान झुण्डिएर आत्महत्याको नाटक गरिएको हो । एसएलसीको तयारीका लागि मैले छोरालाई विद्यालयको होस्टेलमा राखेको हुँ ।
शनिबार बेलुका भेटेर आएको हुँ उसले कसरी आत्महत्या गर्न सक्छ ? एसएलसी परीक्षा प्रथम श्रेणीमा पास गर्ने उत्साहका साथ होस्टेलमा रहेको मान्छेले कसरी आत्महत्या गर्न सक्छ ? यो हत्या हो अरु केही होइन । न्याय माग्न खोज्दा प्रहरीले अश्रुग्यास हालेर हामीलाई दमन ग¥यो । न्याय माग्दा दमन गरिन्छ भने कहाँबाट न्याय पाउने ?
छोरालाई सामान्य पेट दुख्ने समस्या रहेको थियो । शनिबार मैले आवश्यक औषधि खरिद गरेर छाडेको थिएँ । एसएलसीको डरले मेरो छोराले आत्महत्या गरेको होइन । पहिलो श्रेणीमा उत्तीर्ण गर्ने लक्ष्य लिएर अध्ययन गरेको मान्छेले कसरी परीक्षाको डरले आत्महत्या गर्छ । घटनाका दोषीलाई पत्ता लगाएर कारबाही नगरेसम्म छोराको लास बुझ्दिनँ ।

Related Posts

घुम्तीमा मोड्न नसक्दा खस्यो ट्रयाक्टर : ६ जनाको मृत्यु, १९ जना घाइते

घुम्तीमा मोड्न नसक्दा खस्यो ट्रयाक्टर : ६ जनाको मृत्यु, १९ जना घाइते

कृषिमा विदेशी लगानी : किसानको दुःखमा माफियाको चलखेल !

कर संकलनमा कोरोना प्रभाव : एक अर्ब राजस्व जुटाउन मुस्किल

दुई करोड ८६ लाखमा बन्यो पशु आहार उद्योग

दुई करोड ८६ लाखमा बन्यो पशु आहार उद्योग

Discussion about this post

अन‌ि यो पनि

Chitwan Post
समाज

व्यावसायिक सुरक्षाको प्रत्याभूति दिलाउन सुनचाँदी व्यवसायीको आग्रह

भरतपुर । चैत २८ गते शनिबार राति ४० वर्षीय सुनचाँदी व्यवसायी प्रदीप विश्वकर्माको सिराहाको लाहनमा गोली हानी हत्या गरी पसल...

Read more
इजिप्टमा देश चिनाएर फर्किइन् अनुश्मा

इजिप्टमा देश चिनाएर फर्किइन् अनुश्मा

रुखमाथि बनेको ‘घर’ ले आकर्षण थप्दै

रुखमाथि बनेको ‘घर’ ले आकर्षण थप्दै

राष्ट्रिय शक्ति नेपालको चितवनमा तदर्थ समिति गठन

राष्ट्रिय शक्ति नेपालको चितवनमा तदर्थ समिति गठन

उपचारका क्रममा कोरोना सङ्क्रमितको मृत्यु

चितवनमा कोरोना सङ्क्रमित पुरुषको मृत्यु

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In