सौराहा । रेष्टुरेष्ट एण्ड वार एसोसियसन नेपाल, सौराहा(रेवान)ले नवौं सौराहा फुड फेष्टिबल–२०७१ को आय–व्यय सार्वजनिक गरेको छ । सोमबार सारौहामा पत्रकार सम्मेलन गरी रेवानले फुड फेष्टिबलमा भएको आयव्यय सार्वजनिक गरेको हो ।
गत फागुन १ गतेदेखि ४ गतेसम्म चलेको फुडफेष्टिबलमा २ करोडको कारोवार भएकोमा रेवानले एक लाख १६ हजार ७ सय ८० रूपैया“ आम्दानी गर्न सफल भएको जनाएको छ । रेवानले आम्दानी रकम भने सौराहा सडक खण्डमा सोलार लाइटमा खर्च गरिने कार्यक्रम संयोजक शिरलाल परियारले जानकारी दिए । यस्तै, फुड फेष्टिबलमा प्रवेशका लागि राखिएको टिकटको आम्दानीबाट २५ हजार एक सय रूपैया“ बालश्रम न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालयलाई हस्तान्तरण गरिने रेवान अध्यक्ष सीताराम कुमालले बताए ।
फुड फेष्टिबलमा २८ लाख ६६ हजार ४१० रूपैयाँ आम्दानी र सोही बराबरको खर्च भएको आयोजकले जनाएको छ । फुड फेष्टिबलमा सबैभन्दा बढी कलाकारका लागि ४ लाख ३२ हजार ५०० रूपैया“ खर्च भएको छ ।
Discussion about this post