माडी । माडी–३ बरुवामा रहेको सामेश्वर उच्च माविमा शिक्षण गर्दै आएका शिक्षक ओमप्रकाश सापकोटाले विद्यालय परिसरमा सरस्वतीको मन्दिर निर्माण गरेका छन् ।
२०४० सालदेखि प्रावि तहमा नेपाली विषय शिक्षण गर्दै आएका शिक्षक सापकोटाले पारिश्रमिकबाट करिब तीन लाख रूपैयाँको लागतमा विद्यालय परिसरमा सरस्वतीको मन्दिर निर्माण गरिदिएका हुन् । शिक्षण पेसामा संलग्न रहँदै गर्दा गतवर्षको असार महिनाबाट मन्दिर निर्माण कार्य सुरू भएको थियो ।
निर्माण सम्पन्न भएपछि सोमबार औपचारिक कार्यक्रम गरी मन्दिर विद्यालयलाई हस्तान्तरण गरिएको छ । मंसिर २४ गतेबाट अनिवार्य अवकाश पाएका शिक्षकसापकोटाले विद्यालयमा सरस्वती मन्दिर अभाव रहेकाले संझना स्वरुप निर्माणमा सहयोग गरेको बताए ।
Discussion about this post