ADVERTISEMENT
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

चितवनमा पनि बालिकाहरु असुरक्षित

by चितवन पोष्ट
२०७१ चैत्र २, सोमबार ०२:२० गते
in प्रमुख समाचार
0
0
SHARES
Share on FacebookShare on Twitter

–दिपेन्द्र अधिकारी
भरतपुर । बारामा एक बालिका बलात्कारपीडित बनेपछि अहिले देशमा बलात्कार घटना चर्चाको विषय बनेको छ । बलात्कारीलाई फाँसीसम्मको सजायको माग गर्नेहरु दैनिक बढेका छन् ।
बदलिँदो सामाजिक, सांस्कृतिक, आर्थिक प्रभावले समाजमा विकृति निम्त्याएको छ । विकृतिकै कारण नेपाली दाजुभाइहरुबाटै चेलीहरु बलात्कारको शिकार बनेका छन् । बलात्कारजस्तो जघन्य अपराधलाई राज्यले चासो नदिएकोप्रति नागरिक समाजले कडा आलोचना गर्ने गरेका छन् ।
यस आर्थिक वर्षको साउनदेखि फागुन महिनासम्ममा चितवन जिल्लामा जबरजस्ती करणीका १२ वटा घटना भए । न्यायको ढोकासम्म आउन सक्नेहरुको संख्या हो यो । प्रभाव र दबाबका कारण बलात्कारजस्तो जघन्य अपराध गाउँघरमै सुटुक्क मिलाउने गरिएको घटनाहरु थुप्रै छन् ।
चितवनका जबरजस्ती करणीका कुल १२ घटनामध्येमा ५ वटा घटना बालिकासँग सम्बन्धित छ । आठ महिनाको अवधिमा प्रहरीमा परेको मुद्दाअनुसार ७ वर्ष, १६ वर्ष, १२ वर्ष, १० वर्ष र १५ वर्षका पाँच बालिका बलात्कारबाट पीडित बनेका छन् ।
अन्य पीडितहरुमा १७ देखि ५२ वर्षसम्मका महिला छन् । त्यस्तै, यसै अवधिमा बलात्कार प्रयासका ११ वटा घटनामा पाँच बालिका पीडित बनेका छन् । जसमा १६ वर्ष, ७ वर्ष, ८ वर्ष, १६ वर्ष र १३ वर्षका बालिकाहरु रहेका छन् ।
कतिपय घटनाहरुमा उच्च सामाजिक प्रतिष्ठा भएकाहरु संलग्न हुने हुँदा दबाबका कारण प्रहरीसम्म आउन नसकेको एक प्रहरी अधिकृतले बताए । बलात्कार घटनामा प्रहरीमा दिने बयान र अदालतमा दिने बयान फेरबदल हुँदा मुद्दा प्रभावित हुने गरेको पाइन्छ । कतिपय घटनाहरु अदालतमा पुग्दासम्म आर्थिक कारोबारमा मिलिसकेको हुन्छ ।
बालिका बलात्कारको घटना दिनहुँ हुन थालेपछि विभिन्न जिल्लामा विरोधका कार्यक्रमसमेत हुन थालेका छन् । यसै सिलसिलामा आइतबार एमाओवादी निकट युवा, विद्यार्थी र महिला संगठनले विरोध ¥याली निकालेका छन् ।
यसअघि गत शुक्रबार वीरेन्द्र बहुमुखी क्याम्पस नेविसंघ इकाइ समितिले पनि विरोध ¥याली निकाली यस्ता घटना हुन नदिन प्रभावकारी कानुनको माग गर्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

Related Posts

स्वाब जाँच्दाजाँच्दै डाक्टर नै सङ्क्रमित

नेपालमा कोरोना : ८४३ मा सङ्क्रमण, २२६ निको

रामसीताको मूर्ति रथयात्रासहित माडी ल्याउने तयारी

रामसीताको मूर्ति रथयात्रासहित माडी ल्याउने तयारी

उपचारका क्रममा कोरोना सङ्क्रमितको मृत्यु

चितवनमा कोरोना : मृत्युदर बढ्दै, एक सातामा चारको मृत्यु

Discussion about this post

अन‌ि यो पनि

स्वाब जाँच्दाजाँच्दै डाक्टर नै सङ्क्रमित
प्रमुख समाचार

नेपालमा कोरोना : ८४३ मा सङ्क्रमण, २२६ निको

काठमाडौं ४ वैशाख । कोभिड–१९ को सङ्क्रमण आज ८४३ जनामा देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा छ...

Read more
प्रधानमन्त्री कप क्रिकेट ः लुम्बिनी प्रदेशसामु ६३ रनको लक्ष्य

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज : नेपालसामु १३७ रनको लक्ष्य

बैंकिङ कसुर मुद्दामा फरार अकौलिया चितवनबाट पक्राउ

अवैध लागुऔषधसहित मेडिकल सञ्चालक पक्राउ

क्लव फुटको उपचारबारे अभिमुखीकरण

क्लव फुटको उपचारबारे अभिमुखीकरण

उपन्यास ‘काँचो कागज’को गृह विमोचन

उपन्यास ‘काँचो कागज’को गृह विमोचन

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : [email protected]

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In