ADVERTISEMENT
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

फेन्सी पसलमा पनि विषादी

by चितवन पोष्ट
२०७१ चैत्र १, आईतवार ०२:०१ गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

केशव अधिकारी
धादिङ । विषादी मिसिएको गहुँको रोटी खाएर ंदक्षिणी धादिङको पिडा गाविसको पुकुन गाउँमा एकै परिवारका ६ जनाको ज्यान गएपछि जिल्ला विषादी व्यवस्थापन समन्वय समितिले सदरमुकामका पसलमा अनुगमन गरेको छ ।
अनुगमनका क्रममा सदरमुकाम धादिङबेसीमा अवैध ढंगवाट घातक विषादी बिक्री वितरण भइरहेको पाइएको छ । जिल्ला कृषि विकास कार्यालय धादिङका प्रमुख महेन्द्रराज कौडालको नेतृत्वमा सहायक प्रमुख जिल्ला अधिकारी नन्दलाल शर्मा, जिल्ला विषादी निरीक्षक माधव भट्ट, सहायक न्यायाधिवक्ता जानकीप्रसाद घिमिरे, प्रहरी सहायक निरीक्षक लक्ष्मण पाठक, कृषि प्रसार अधिकृत दुर्गाप्रसाद पन्थीलगायतको टोलीले सदरमुकामको विषादी पसल र खाद्यान्न पसलहरुमा अनुगमन गरेको हो । अनुगमनको क्रममा सदरमुकामका एग्रोभेट, खाद्यान्न, कस्मेटिक, फेन्सी, रंग पसलमासमेत विभिन्न किसिमका घातक विषादीहरु बिक्री वितरण भइरहेको पाइएको अनुगमन टोलीले जनाएको छ ।
अनुगमनका क्रममा भेटिएका अधिकांश विषादी लामखुट्टे, मुसा, झिंगालगायतका कीराहरु मार्न प्रयोग हुने गरेको सल्फरमेथ्रिन, यम्लपोरथ्रिन, जिंक फस्फाइट, ब्रोमाड्रियोलियन बेगन, मटेनरलगायतका रहेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख कौडालले जानकारी दिए । सदरमुकाम धादिङबेसीमै  विषादीहरु खुलेआम बिक्री भइरहेको भेटिएपछि त्यस्ता विषादी जफत गरी बिक्री वितरण नगर्न सचेत गराइएको जिल्ला विषादी निरीक्षक भट्टले जानकारी दिए ।
अनुगमन टोलीले नीलकण्ठ सप्लायर्स, साझा मार्ट, कस्मेटिक सामानहरुको बिक्रि गर्ने सगुन स्टोर, विषादी विक्री गर्ने दुवाडी एग्रोभेट, रिजाल एग्रोभेटलगायतका एक दर्जन भन्दा बढी पसलहरुमा अनुगमन गरेको पनि भट्टले बताए ।
जिल्लाभर १३० भन्दा बढी विषादी बिक्री गर्ने पसलहरु रहे पनि आवश्यक मापदण्ड पूरा गरेर दर्ता भएका पसलको संख्या निकै कम रहेकाले अब त्यस्ता पसलहरुको अनुगमन गरी व्यवस्थापनकालागि कडा भएर लागि पर्ने कृषि विकास अधिकारी कौडालले बताएका छन् । उनका अनुसार विषादी बिक्री गर्नका लागि तालिम लिएको हुनुपर्ने अनिवार्य इजाजत लिनुपर्ने व्यवस्था रहेको छ ।  जिल्लाबाट उत्पादित तरकारीजन्य कृषि उपजमा अत्यधिक विषादीको मात्रा बढ्दै गएको आरोप लागिरहेको बेला पिडा गाविसका पुकुन गाउँका सन्जबहादुर तामाङले गहुँ कीराबाट जोगाउन राखेको बिषादीका कारण गहुँको रोटी खाँदा सञ्जबहादुरसहित ६ जनाको ज्यान गएको थियो । १६ जना भन्दा बढीको अहिले पनि गम्भीर अवस्थामा उपचार भइरहेको छ ।

Related Posts

बैंकिङ कसुर मुद्दामा फरार अकौलिया चितवनबाट पक्राउ

अवैध लागुऔषधसहित मेडिकल सञ्चालक पक्राउ

क्लव फुटको उपचारबारे अभिमुखीकरण

क्लव फुटको उपचारबारे अभिमुखीकरण

चेपाङ गाउँमा शैक्षिक प्रगति : एउटै कक्षामा पटकपटक पढ्ने बाध्यता हट्यो

कोहलपुर दुर्घटनाका मृतक पाँचैको सनाखत

Discussion about this post

अन‌ि यो पनि

स्वाब जाँच्दाजाँच्दै डाक्टर नै सङ्क्रमित
प्रमुख समाचार

नेपालमा कोरोना : ८४३ मा सङ्क्रमण, २२६ निको

काठमाडौं ४ वैशाख । कोभिड–१९ को सङ्क्रमण आज ८४३ जनामा देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा छ...

Read more
प्रधानमन्त्री कप क्रिकेट ः लुम्बिनी प्रदेशसामु ६३ रनको लक्ष्य

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज : नेपालसामु १३७ रनको लक्ष्य

बैंकिङ कसुर मुद्दामा फरार अकौलिया चितवनबाट पक्राउ

अवैध लागुऔषधसहित मेडिकल सञ्चालक पक्राउ

क्लव फुटको उपचारबारे अभिमुखीकरण

क्लव फुटको उपचारबारे अभिमुखीकरण

उपन्यास ‘काँचो कागज’को गृह विमोचन

उपन्यास ‘काँचो कागज’को गृह विमोचन

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : [email protected]

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In