भरतपुर । वीरेन्द्र बहुमुखी क्याम्पस बीएस्सी दोस्रो वर्षले गरेको अन्तर कक्षा टी ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जियोलोजी दोस्रो वर्षले जितेको छ । बिहीबारको फाइनलमा बीएस्सी पहिलो वर्ष फिजिक्स गु्रपलाई हराउँदै जियोलोजी विजयी भएको हो । विजयी टिमले ६ हजार ८९२ रूपैयाँ र उपविजेताले ३ हजार ५९२ रूपैयाँ पाएको छ ।
कार्यक्रममा वीरेन्द्र क्याम्पसका सहायक प्रमुख गोविन्द सापकोटा, बीएमसी स्र्पोटस् क्लबका संस्थापक अध्यक्ष अनिल अधिकारी, नेविसंघ क्याम्पस एकाइ सभापति बचन कार्कीले मन्तव्य दिए । खेलाडी गुञ्जन उपाध्यायलाई सम्मान गरियो ।
Discussion about this post