मेघौली । मेघौलीमा जंगली हात्तीले पु¥याएको क्षतिमा केएर नेपाल एवम् कालिका सामुदायिक महिला विकास केन्द्र माडीले क्षतिपूर्ति उपलव्ध गराइएको छ ।
चितवन राष्ट्रिय निकुञ्जबाट गत माघ १७ गते निस्केको हात्तीले मेघौलीकोे बोटे टोल र सुकुमबासी टोलका पाँच जनाको घरमा जनही २० हजार रूपैयाँ बराबरको भौतिक क्षति पु¥याएको थियो । मध्यवर्ती क्षेत्र मेघौली उपभोक्ता समितिले क्षतिपूर्ति उपलव्ध गराउन आह्वान गरेको औपचारिक कार्यक्रममा अति न्यून आर्थिक अवस्थाका तीन घर परिवारलाई प्रतिपरिवार तीन हजार रूपैयाँका दरले राहत उपलव्ध गराएको हो ।
क्षतिपूर्ति वितरण कार्यक्रममा मध्यवर्ती उपभोक्ता समितिले प्रतिपरिवार दुई हजारका दरले सबैलाई राहत वितरण गरेको छ । मध्यवर्तीका तर्फबाट उपभोक्ता समितिका अध्यक्ष श्याम अधिकारीले र कालिका सामुदायिक संस्थाका तर्फबाट सरस्वती अधिकारीबाट पीडितहरुलाई क्षतिपूर्ति वितरण गरिएको थियो ।
Discussion about this post