दिव्यनगर । साविकको दिव्यनगर–१ ज्योतिनगरमा रहेको कालिका मन्दिरको जीर्ण भवनलाई भत्काएर नयाँ भवनको मंगलबार शिलान्यास गरिएको छ ।
मन्दिरको पूर्ननिर्माणको लागि एक करोड भन्दा बढी संकलन भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । जसमा पदमबाहादुर गुरूङले मात्र १९ लाख ५० हजार रूपैयाँ सहयोग गरेको मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष ऋषिराम घिमिरेले जनाएका छन् ।
Discussion about this post