भरतपुर । साहित्य संगमका अध्यक्ष द्वारिका नेपालको अध्यक्षतामा बसेको बैठकले २०७१ सालको सहिद शिव पौडेल स्मृति पुरस्कार कवि खनाल रेवतिरमणको कविता सङ्ग्रह ‘जूनको रोटी’लाई प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारका लागि प्राप्त अन्य चारवटा कृतिलाई उछिन्दै जूनको रोटी उत्कृष्ट ठहरिएको साहित्य संगमले जनाएको छ । चैत्र १ गते पुरस्कार प्रदान गरिने संगमले बताएको छ ।
Discussion about this post