माडी । पश्चिम चितवनको साविक गाविसहरु शुक्रनगर, दिव्यनगर, मेघौली, पटिहानी, माडीको कल्याणपुर र अयोध्यापुरीमा कालिका सामुदायिक महिला विकास केन्द्रको सहकार्यमा १०५ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस समुदायस्तरमा मनाइएको छ ।
विभिन्न ¥याली, जातीय पहिचान झल्कने झाँकीहरु, पुरुष सहयोगी समूह, आमा समूह, राजनीतिक दल महिला सञ्जाललगायतको कार्यक्रममा संलग्नता रहेको थियो । महिला समूहले आ आफ्ना भेषभुषा, व्यानर, प्लेकार्ड, नारासहित स्थानीयस्तरको नगर तथा टोलको परिक्रमा गरी संयुक्त वडा कार्यालयमा अन्तक्र्रिया सञ्चालन कार्यक्रम गरेको थियो ।
कार्यक्रममा अयोध्यापुरीमा वृद्धवृद्धा सम्मान एवम् सवल नेतृत्व लिन सकेका महिलालाई सम्मान गरिएको थियो । कल्याणपुरमा राजनीतिक दलहरुसँग अन्तक्र्रिया, दिव्यनगरमा ¥याली एवम् कोणसभा, पटिहानीमा ¥याली, आफ्ना जातीय भेषभुषा प्रर्दशन एवम् अन्तक्र्रिया गरिएको थियो । शुक्रनगरमा भने वडा नागरिक मञ्च र नमुना पुरुष समूहको संयुक्त आयोजनामा महिला दिवसको बारेमा अभिमुखीकरण गरिएको थियो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले राज्य आफैले गर्नु पर्ने काम समाजिक संस्थाको सक्रियतामा भएकोमा खुलेर प्रशंसा गरेका थिए ।
Discussion about this post