चित्रवन । सीपको विकास गरी रोजगारीको वातावरण बनाउन सरकारले छुट्टै नीति ल्याएर आफूहरुलाई समेट्नु पर्नै समाजमा बेसहारा भएकाहरुले बताएका छन् ।
दलित महिला अधिकार तथा जागरण मञ्च नेपाल चितवनले चित्रवन नगरपालिका–९ मा गरेको कार्यक्रममा सहभागी बेसहाराहरुले प्रत्येक बस्तीमा रहेका बेसहाराहरुको पहिचान गरी उनीहरूका लागि सरकाले संबोधन गर्दै भत्ताको पनि व्यवस्था गर्नुपर्ने बताए । वृद्ध भत्ता जसरी नै बेसहारा भत्ता भए आफ्नो दैनिकीमा सहज हुने उनीहरुले बताएका थिए ।
कार्यक्रममा दलित महिला अधिकार तथा जागरण मञ्च नेपाल चितवनका अध्यक्ष सरिता नेपालीले राज्यले गर्र्नुपर्ने दायित्वलाई आफूहरुले बेसहाराहरुलाई सम्मान गर्ने प्रयास गरेको बताइन् । चितवनका सभासदहरु रामकृष्ण घिमिरे तथा विष्णु माया परियारले कार्यक्रममा समाजमा बेसहाराहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् । बेसहारा भएकाहरुलाई समाजले विभिन्न लान्छना लगाउने तथा दमन गर्ने गरेको भन्दै यसका लागि चेतनाको खाँचो रहेको उनीहरुको भनाइ थियो ।
कार्यक्रममा चित्रवनका पाँचजना बेसहाराहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा अतिविपन्न असहाय गीता परियार र कौशिला परियार, अपाङ्ग महिला तथा अतिविपन्न सपना तामाङ, अतिविपन्न विद्यार्थी विमला नेपाली तथा मनमाया नेपाली रहेका छन् । उनीहरुलाई नगद सहित सम्मान गरिएको चित्रवन नगरपालीकाका प्रतिनिधि विष्णु ढकालले बताए ।
Discussion about this post