भरतपुर । मोहन मावि भरतपुरले संस्थापक अध्यक्ष एवम् प्रमुख संरक्षक स्व. क्याप्टेन मोहनबहादुर थापाको नाममा सोमबार शोकसभा गरेको छ ।
थापाले विद्यालयलाई स्थापनाकालदेखिनै जग्गा तथा भवन निमौणमा सबैभन्दा बढी लगानी गरेको विद्यालयले जनाएको छ । सभामा विद्यालयका प्रधानाध्यापक कमल पाण्डेले शिक्षालाई माया गर्ने विद्यालयका धरोहर अभिभावक गुमाउनु पर्दा शैक्षिक विकासमा ठूलो क्षति पुगेको बताए । थापाको व्यक्तित्व र जीवन, पारिवारिक पृष्ठभूमिबारे शिक्षकहरुले कार्यक्रममा प्रष्ट पारेका थिए ।
स्व.थापाको शोकमा विद्यालयले १३ औ दिनसम्म तस्विरमा पूजा गरिने विद्यालयले जनाएको छ । थापाको फागुन २३ गते भरतपुर–१२ थापाथली चोकमा रहेको आफ्नै निवासमा निधन भएको थियो ।
Discussion about this post