भरतपुर । नेपाली कांग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा समावेसी महाधिवेसन प्रतिनिधिहरुलाई प्रशिक्षण दिइने भएको छ । चितवनको सौराहामा हुन लागेको प्रशिक्षणको नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले उद्घाटन गरे । चितवनसहित ६ जिल्लाका ३३ निर्वाचन क्षेत्रमा रहेका १६५ जना महाधिवेसन प्रतिनिधिहरुलाई प्रशिक्षण दिइने नेपाली कांग्रेस चितवनका सचिव जितनारायण श्रेष्ठले जानकारी दिए ।
Discussion about this post