भरतपुर । भरतपुर–२ क्षेत्रपुरमा रहेको कालिका कन्स्ट्रक्सनमा काम गर्ने ३८ वर्षीय खिमबहादुर गिरीको शुक्रबार करेन्ट लागेर मृत्यु भएको छ । बाँके कञ्चनपुर घर भई भरतपुरमा बस्दै आएका गिरीको बलेरो गाडी धुने क्रममा तारमा विद्युत् सर्ट हुन गई करेन्ट लागेको प्रहरीले जनाएको छ ।
यसैगरी भरतपुर– १७ स्थित गुम्बाचौरकी ४७ वर्षीया सुकमाया कुमालले शुक्रबार राति आत्महत्या गरेकी छन् । आफ्नै घरमा नाम्लोले पासो लगाएर उनले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । घटनाको कारण भने खुल्न नसकेको र घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अहिले शवलाई भरतपुर अस्पतालमा परीक्षणका लागि राखिएको छ ।
Discussion about this post