भरतपुर । भरतपुर उपमहानगरपालिका–४ बाह्रघरेमा रहेको युवा समाज नेपालको १७ औं साधारणसभा सम्पन्न भएको छ ।
सभामा महासचिव सहदेव लकान्द्रीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष किशोर खनालले आर्थिक वर्ष २०७०÷७१ को ४४ लाख ८६ हजार ८३३ रूपैयाँको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनउपर छलफल गरी सामान्य संशोधनसहित पारित भएको थियो ।
सभामा युवा समाज नेपालका अध्यक्ष केशवप्रसाद रेग्मीको अध्यक्षता र संस्थापक अध्यक्ष बद्री अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । निवर्तमान अध्यक्ष लीलाधर पौडेल, उपाध्यक्ष खगराज ओझा, साधारण सदस्य होमनाथ घिमिरे, पार्वती रावललगायतले मन्तव्य दिएका थिए ।
Discussion about this post