ADVERTISEMENT
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

by चितवन पोष्ट
२०७१ फाल्गुन २३, शनिबार ०२:४७ गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

रत्ननगर । पूर्वीचितवनको रत्ननगर–१७ बद्रहनीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । घटनामा परी एकजना गम्भीर घाइते भएका छन् ।
बिहीबार साँझ साढे ६ बजे तीनजना चढेको ग ९ प १२९६ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा रत्ननगर–१७ बद्रहनीका १५ वर्षीय विवेक दराई र सोही ठाउँ निवासी १७ वर्षका अर्जुन महतोको मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ ।
घटनामा मोटरसाइकल चालक सोही ठाउँका १८ वर्षका विक्रम दराई घाइते भएका छन् । उनको गम्भीर अवस्थामा पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । एक जनाको घटनास्थलमै ज्यान गएको हो भने एकजनाको अस्पताल लैजाँदै गर्दा बाटोमा ज्यान गएको चितवन प्रहरीले जनाएको छ । दुर्घटनामा परी एकै गाउँका दुई युवाको ज्यान गएपछि बद्रहनी गाउँ शोकमा डुबेको छ ।
यसैबीच, पृथ्वीराजमार्गको कुरिनटारमा शुक्रबार भएको दुर्घटनाको विषयलाई लिएर झण्डै दुई घण्टा सडक अवरुद्ध गरेका छन् । शुक्रबार साँझ ५ बजे भएको दुर्घटनापछि स्थानीयले ७ बजेसम्म राजमार्ग अवरुद्ध पारेका थिए ।
भारतीय नम्बर प्लेटको एनएल ० एलएल ६०१४ नम्बरको कन्टेनरको ठक्करबाट दारेचोक कुरिनटारका नन्दबहादुर मगर घाइते भएका छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनापश्चात् भागेको चालकसहित कन्टेनरलाई प्रहरीले नियन्त्रणमा लिएपछि राजमार्ग सञ्चालनमा आएको थियो ।

Related Posts

रत्ननगर अस्पतालमा अनलाइनबाटै ओपिडी टिकट

रत्ननगर अस्पतालमा अनलाइनबाटै ओपिडी टिकट

राजनीतिका कुरा र हामी

कोरोनाको बढ्दो जोखिम : विद्यालयमा विद्यार्थी सङ्ख्या घट्न थाले

वालमैत्री वडा घोषणाका लागि मुसहर समुदायमा अन्तरक्रिया

वालमैत्री वडा घोषणाका लागि मुसहर समुदायमा अन्तरक्रिया

Discussion about this post

अन‌ि यो पनि

रत्ननगर अस्पतालमा अनलाइनबाटै ओपिडी टिकट
समाज

रत्ननगर अस्पतालमा अनलाइनबाटै ओपिडी टिकट

चितवन । बकुलहर–रत्ननगर अस्पतालमा उपचार गर्न आउने विरामीले अनलाइनबाटै ओपीडी टिकट काट्न सक्ने व्यवस्था मिलाइएको छ । अस्पतालमा सेवा थप...

Read more
राजनीतिका कुरा र हामी

कोरोनाको बढ्दो जोखिम : विद्यालयमा विद्यार्थी सङ्ख्या घट्न थाले

अमेरिकाको इन्डियानापोलिसमा गोली चल्यो, कम्तीमा आठ जनाको मृत्यु

अमेरिकाको इन्डियानापोलिसमा गोली चल्यो, कम्तीमा आठ जनाको मृत्यु

वालमैत्री वडा घोषणाका लागि मुसहर समुदायमा अन्तरक्रिया

वालमैत्री वडा घोषणाका लागि मुसहर समुदायमा अन्तरक्रिया

बैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

बैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In