रत्ननगर । अष्ट्रेलियामा अध्ययनरत जुटपानी ७ सूर्यपुरका उज्ज्वल पौडेललाई व्लड क्यान्सर भएकाले उपचारका लागि आर्थिक सहयोग गरिदिन परिवारले आग्रह गरेका छन् ।
एक वर्ष अगाडि विद्यार्थी भिसामा अध्ययनका लागि अष्ट्रेलियाको ब्रिसवेन सहर पुगेका २० वर्षीय पौडेल अहिले व्रिसबेनको अस्पतालमा उपचारत छन् । व्लड क्यान्सर भएका पौडेलको उपचार गर्न नेपाली १ करोड रूपैयाभन्दा बढी लाग्ने अस्पतालले जनाएको उज्ज्वलका बुबा डम्बर पौडेलले जानकारी दिए । वोनम्यारो प्रत्यारोपणबाहेक सामान्य उपचार त्यहाँको स्वास्थ्य बिमा कम्पनीले गरिदिने भए पनि महँगो शुल्क भने आफँैले बेहोर्नु पर्ने भएकाले समस्या परेको पौडेलले बताए ।
घरको आर्थिक अवस्था कमजोर रहेकाले त्यति ठूलो रकम जुटाउन समस्या भएको र छोराको जीवन रक्षाका लागि सहयोगको अपेक्षा गरिएको उज्ज्वलकी आमा लीला पौडेलले सबैमा आग्रह गरिन् । उज्ज्वलको उपचारका लागि गैरआवासीय नेपाली संगठन अष्ट्रेलिया र क्विन्सल्याण्ड सहरको नेपाली संगठनले पनि सहयोगका लागि सबैसँग अनुरोध गर्दै आर्थिक संकलन थालिएको छ ।
उज्वललाई सहयोग गर्न चाहनेले उनका बुबा डम्बर पौडेलको मोवाइल नम्बर ९८४५१३९५७८ मा सम्र्पक गर्न सक्नु हुनेछ ।
Discussion about this post