ADVERTISEMENT
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

पवित्रताको प्रतीक ‘होली’

by चितवन पोष्ट
२०७१ फाल्गुन २१, बिहीबार ०२:०० गते
in सम्पादकीय
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

हिन्दूहरुको महान् पर्व होली आज विशेष उत्साह र उमंगका साथ मनाइँदै छ । असत्यमाथि सत्यको विजयको प्रतीकका रुपमा मनाइने यो पर्व समाजमा एकता र सद्भावको सन्देश प्रवाह गर्न पनि सफल हुँदै आएको अनुभव गरिएको
छ । पवित्रताको प्रतीक रङ दलेर खुसीयाली मनाउने यो पर्वमा विगत केही वर्षयता विकृति पनि भित्रिने गरेको हामीले पाइरहेका छौँ । यस्तो विकृति नियन्त्रण गर्न सामाजिक अगुवा र स्थानीय प्रहरी प्रशासनले विशेष भूमिका खेल्नुपर्ने आवश्यकता टड्कारो रुपमा महसुस गरिएको छ । होली आयो भनेर खुसी मान्नुभन्दा पनि होलीमा हुने गरेको हुलदंगा र जबर्जस्ती रङको प्रयोगले समाजमा एक प्रकारको आतंक फिँजाउने गरेको छ ।
सभ्य नागरिक भएपछि हाम्रा सामाजिक कार्य र व्यवहारहरु पनि सभ्य हुनुपर्दछ । चाडपर्वको ऐतिहासिक मह¤व र गरिमालाई सम्झेर हामीले आजको होली मनाउन सक्नु परेको छ । जबर्जस्ती रङ दल्ने र लोला हान्ने तथा रङमा घातक विषादी प्रयोग गरेर मानव स्वास्थ्यमा खेलबाड गर्नेजस्तो असभ्य काम कसैले पनि गर्नुहुँदैन । अराजक गतिविधि गर्नेलाई प्रहरीले पक्राउ गरी कानुनी कारबाही गर्नु अत्यावश्यक देखिएको छ ।
चाडपर्वहरु सुखद सन्देश लिएर आउने गर्दछन् । हामीले तिनको परम्परागत मह¤वलाई आत्मसात् गर्दै मनाउनुपर्दछ । खासगरी, होलीमा उच्छृंखल र अराजक गतिविधि गर्नेहरुले यसको धार्मिक मह¤वलाई नै ओझेलमा पार्ने काम गरिरहेका छन् । हामीले त्यस्तो प्रवृत्तिविरूद्ध सामाजिक सचेतना बढाउनु आवश्यक देखिएको छ । यस वर्ष त्यस्तो अप्रिय घटना घट्न नपाओस् भनेर जनस्तरबाट पनि पहल गरिनुपर्दछ ।
छिमेकी राष्ट्र भारतका हिन्दू धर्मावलम्बीहरुले पनि होली पर्व विशेष उत्साहपूर्वक मनाउने गर्दछन् । त्यहाँ विभिन्न सहरमा अराजक गतिविधि पनि बर्षेनि भइरहेका छन् । त्यहाँको विकृत संस्कृति नेपालमा पनि भित्रिएका कारण हाम्रा युवाहरु पनि होली पर्वलाई विकृत बनाउन उद्यत भएको हामी पाउँछौँ । राज्यले यस्ता अराजक गतिविधिविरूद्ध सशक्त गतिविधि सञ्चालन गर्नु आवश्यक देखिएको छ । युवापिँढीमा बढी मात्रामा देखिने विकृतिले समाज नै आतंकित हुने गरेको छ । शान्तिको विरूद्ध देखिने यस्ता नकारात्मक क्रियाकलाप यो वर्ष देख्न नपरोस् भनेर स्थानीय प्रशासनले कडा कदम चाल्नु आवश्यक देखिएको छ ।

Related Posts

Chitwan Post

प्रधानमन्त्रीको सम्बोधनले उठाएका सवाल

शुभ रहोस् नववर्ष !

शुभ रहोस् नववर्ष !

चैत २५ गते पत्रकार महासङ्घको निर्वाचन

जोखिमपूर्ण बन्दै विद्यालय क्षेत्र

Discussion about this post

अन‌ि यो पनि

रत्ननगर अस्पतालमा अनलाइनबाटै ओपिडी टिकट
समाज

रत्ननगर अस्पतालमा अनलाइनबाटै ओपिडी टिकट

चितवन । बकुलहर–रत्ननगर अस्पतालमा उपचार गर्न आउने विरामीले अनलाइनबाटै ओपीडी टिकट काट्न सक्ने व्यवस्था मिलाइएको छ । अस्पतालमा सेवा थप...

Read more
राजनीतिका कुरा र हामी

कोरोनाको बढ्दो जोखिम : विद्यालयमा विद्यार्थी सङ्ख्या घट्न थाले

अमेरिकाको इन्डियानापोलिसमा गोली चल्यो, कम्तीमा आठ जनाको मृत्यु

अमेरिकाको इन्डियानापोलिसमा गोली चल्यो, कम्तीमा आठ जनाको मृत्यु

वालमैत्री वडा घोषणाका लागि मुसहर समुदायमा अन्तरक्रिया

वालमैत्री वडा घोषणाका लागि मुसहर समुदायमा अन्तरक्रिया

बैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

बैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In