ADVERTISEMENT
३० चैत्र २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
३० चैत्र २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

रंग दल्दा सर्ला रोग

by चितवन पोष्ट
२०७१ फाल्गुन २१, बिहीबार ०१:५७ गते
in प्रमुख समाचार
0
0
SHARES
Share on FacebookShare on Twitter

दिपेन्द्र अधिकारी
भरतपुर । रंगहरुको पर्व होली नेपाली संस्कृतिमा विशेष महत्व राख्ने पर्व हो । यस पर्वमा साथीभाई, आफन्तजन, छरछिमेकीसँग विभिन्न प्रकारका रंगहरु दलेर आपसी सद्भाव साट्ने गरिन्छ ।
आपसमा नजिकिएर रंग खेल्ने यस पर्व यस पटक भने केही सचेत भएर खेल्नुपर्ने देखिएको छ । पछिल्लो समय स्वाइन फ्लुको संक्रमण जताततै देखिन थालेपछि विशेष चनाखो भएर रंग खेल्नुपर्ने चिकित्सकहरु सुझाउँछन् । थोरै लापरबाहीले पनि स्वाइन फ्लुले महामारी नलेला भन्न सकिन्न । आपसमा स्पर्श र अंकमाल गर्दै प्रेम र सद्भाव साटासाट गर्ने यस पर्व स्वाइन फ्लुको डरका बीच खेल्नुपर्ने भएको छ ।
अहिले जताततै स्वाइन फ्लुको सन्त्रास छ । मानिसहरु मास्क लगाएर हिँड्ने गरेका छन् । हत्तपत्त जोकोहीसँग हात मिलाउन अप्ठेरो मान्छन् । तर, रंग दल्न अनिवार्य हातको स्पर्श आवश्यक हुने र प्रायः समूहमा रहेर खेलिने हुँदा स्वाइनको संक्रमण होलीको बेलामा झनै फैलिन सक्ने सम्भावना देखिन्छ ।
भरतपुर अस्पतालका फिजिसियन डा. प्रकाश खतिवडा स्वास्थ्यसम्बन्धी सतर्कता अपनाएर फागु मनाउन सबैलाई सल्लाह दिन्छन् । अन्य व्यक्तिबाट कम्तीमा एक मिटर टाढा बस्ने, अंकमाल र चुम्बन नगर्ने, हात नधोइ आँखा, नाक वा मुख नछुने गर्नाले स्वाइन फ्लुबाट जोगिन सकिने डा. खतिवडाको भनाइ छ ।
स्वाइन फ्लुको प्रभाव चितवनमा उच्च रहेकाले चिकित्सकहरु जनस्वास्थ्यमा असर नपर्ने गरी रंग खेल्न आग्रह गरिरहेका छन् । चितवनमै ६ जनामा स्वाइन फ्लु भेटिएको छ । केही परीक्षणका लागि राजधानी पठाइएको छ । छिमेकी देश भारतको गुजरात, महाराष्ट्रलगायतका क्षेत्रमा स्वाइन फ्लू संक्रमणबाट हजार बढी ज्यान गइसकेको विदेशी संचार माध्यमहरुले बताएका छन् ।
स्वाइन फ्लुमात्र होइन, श्वासप्रश्वासबाट सर्ने अन्य रोग, छालाका रोगहरुको समेत जोखिम यस्तो अवस्थामा हुने भएकाले सचेत हुनु जरुरी देखिन्छ । रंगकै कारण एलर्जीको पनि डर हुन्छ ।
स्वाइन फ्लुले पार्न सक्ने प्रभाव एकातर्फ रहँदा अर्कोतर्फ भन्ने संस्कृति जोगाउने नाममा भित्रिएको विकृति नियन्त्रण गर्न चितवन प्रशासनले होलीमा विशेष निगरानी गर्ने भएको छ । चितवन प्रहरी प्रमुख एसपी सहकुलबहादुर थापाले होलीमा हुन सक्ने अपराधिक घटनातर्फ प्रहरी चनाखो रहेको बताए । अपरिचितलाई रंग हान्ने, रासायनिक वस्तु मिसावट गरी रंग खेल्ने, मोबिल दल्ने, लोला प्रहार गर्ने, अण्डा हान्ने कार्य गरेमा कानुनी कारबाही गरिने उनले बताए ।
चितवन प्रहरीका डिएसपी राजन अधिकारीले रमाइलोको नाममा अशान्ति फैलाउने, मोटरसाइकलमा तेब्बर हिँड्ने, हेल्मेट नलगाई मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गर्ने आदिलाई पक्राउ गरी कानुन बमोजिम कारबाही गर्ने जनाए ।

Related Posts

चेपाङ गाउँमा शैक्षिक प्रगति : एउटै कक्षामा पटकपटक पढ्ने बाध्यता हट्यो

राप्ती नगरपालिकामा ट्याक्टर पल्टँदा कम्तीमा पाँच जनाको मृत्यु

अबको निर्वाचनमा कांग्रेसको दुई तिहाइ : महामन्त्री कोइराला

अबको निर्वाचनमा कांग्रेसको दुई तिहाइ : महामन्त्री कोइराला

लोकतन्त्रमाथि खतरा : पूर्वराष्ट्रपति यादव

लोकतन्त्रमाथि खतरा : पूर्वराष्ट्रपति यादव

Discussion about this post

अन‌ि यो पनि

चेपाङ गाउँमा शैक्षिक प्रगति : एउटै कक्षामा पटकपटक पढ्ने बाध्यता हट्यो
प्रमुख समाचार

राप्ती नगरपालिकामा ट्याक्टर पल्टँदा कम्तीमा पाँच जनाको मृत्यु

भण्डारा । घर ढलान गरेर फर्केका मजदुरहरु चढेको ट्याक्टर दुर्घटना हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा २०...

Read more
बालश्रम न्यूनीकरणबारे आमा समूहसँग अन्तक्र्रिया

बालश्रम न्यूनीकरणबारे आमा समूहसँग अन्तक्र्रिया

देशभर १४१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि

चितवनमा दुई दिनमा १० जना संक्रमित

रत्ननगर, राप्ती, कालिका र इच्छाकामनामा संक्रमित संख्या शून्य

कोरोना भाइरस : सुदूरपश्चिम प्रदेश उच्च जोखिममा

संसद् पुनःस्थापनाले मात्र लोकतन्त्र र संविधान सही गतिमा आउँछ : वरिष्ठ नेता पौडेल

संसदीय प्रणाली जोगाउने कांग्रेसको दायित्व : वरिष्ठ नेता पौडेल

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In