ADVERTISEMENT
५ बैशाख २०७८, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
५ बैशाख २०७८, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

जंगली जनावरको अस्पताल शिलान्यास

by चितवन पोष्ट
२०७१ फाल्गुन २१, बिहीबार ०१:५५ गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

सौराहा । तस्करको गोलीले घाइते भएका दुर्लभ जंगली जनावर पनि उपचार नपाइ मर्ने अवस्था थियो । त्यस्ता जनावरको उपचार गर्न चिकित्सक तथा उपकरणको अभाव थियो । तर अब चितवनको सौराहामा सुविधा सम्पन्न अस्पताल खुल्दैछ । जसले वन्यजन्तुको उपचारलाई धेरै सहज बनाउने भएको छ । वन मन्त्री महेश आचार्यले बुधबार अस्पतालको शिलान्यास गरेका छन् । लगभग दुई करोड रूपैयाँ लागतमा निर्माण भएर सञ्चालनमा आउने अस्पतालले ठूला जनावर बाघ, गैंडा, हात्तीदेखि अन्य साना र मध्यम खालका जंगली जनावरको उपचार गर्ने छ ।
केही समययता नेपालले वन्यजन्तु संरक्षणमा उल्लेख्य सफलता पाउँदै गएको छ । ‘दुर्लभ जंगली जनावरको संरक्षणमा एकपछि अर्को महत्वपूर्ण सफलता मिले पनि त्यस्ता जनावारहरु घाइते हुँदा उपचार गर्ने अस्पताल थिएन । अब त्यो अभाव पनि पूरा हुन्छ’, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक टीकाराम अधिकारीले भने ।
अस्पताल निर्माणका लागि अमेरिकाको डेनभर जु र विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई एक करोड रूपैयाँ उपलब्ध गराउने छ । तीन वर्षभित्र निर्माण सकिने अस्पतालको कोष र निकुञ्ज विभागको समन्वयमा चितवन निकुञ्ज र सौराहाको जैविक विविधता संरक्षण केन्द्रले अस्पताल चलाउने अधिकारीले बताए ।
‘अस्पताल निर्माणका लागि एक करोड रूपैयाँ सहयोग आउने पक्का भएर केही रकम आएको पनि छ । सञ्चालनमा आउँदा आवश्यक पर्ने उपकरण र औषधिका लागि थप एक करोड रूपैयाँ आवश्यक पर्न सक्छ’ महानिर्देशक अधिकारीले भने । आवश्यक अन्य रकम विभिन्न स्रोतबाट जुटाउन पहल भइरहेको पनि उनले जानकारी दिए ।
अस्पतालमा एक्सरे कक्ष, प्रयोगशाला र उपचार कक्ष हुने छन् । चारजना चिकित्सक र सातजना अन्य प्राविधिकहरु अस्पतालमा रहने कोषअन्तर्गतको जैविक विविधता संरक्षण केन्द्र सौराहाका प्रमुख चिरञ्जीवी पोखरेलले जानकारी दिए । उनका अनुसार वर्षमा बाघ, गैंडा हात्तीजस्ता ठूला जनावरहरु कम्तीमा १० र एक सय अन्य साना तथा मझौला खालका जंगली जनावरहरु घाइते हुने गर्छन् ।
जनावरको उपचारका लागि हाल निकुञ्जमा दुईजना पशु चिकित्सक छन् । उनीहरु घाइते जनावरहरुको उपचारका लागि फिल्डमै खट्ने गरेका छन् । ‘मानवका साथै पशुपक्षीको स्वास्थ्यमा पनि ध्यान दिन अत्यावश्यक भएको छ । जंगली जनावरको उपचारका लागि पनि गम्भीर हुन आवश्यक देखिएकाले अस्पताल खोल्ने निधोमा पुगेको हो’ विभागका महानिर्देशक अधिकारीले भने ।
जंगलमा रहेका जनावरका साथै निकुञ्जले सञ्चालन गरेका हात्ती प्रजनन् केन्द्र, हात्तीसार, गोही र गिद्ध प्रजनन् केन्द्रका जनावर तथा पक्षीहरुलाई पनि अस्पतालबाट सेवा दिने लक्ष्य रहेको छ । ‘साना जनावरहरुलाई नै केन्द्रमै ल्याइने छ । ठूला जनावरको हकमा उनीहरु जहाँ छन्, चिकित्सक त्यही पुगेर उपचार गर्ने छन्’ चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले भने ।
फोटो क्याप्सन ः वनमन्त्री महेश आर्चाले अस्पतालको शिलान्यास गर्दै ।

Related Posts

बैंकिङ कसुर मुद्दामा फरार अकौलिया चितवनबाट पक्राउ

अवैध लागुऔषधसहित मेडिकल सञ्चालक पक्राउ

क्लव फुटको उपचारबारे अभिमुखीकरण

क्लव फुटको उपचारबारे अभिमुखीकरण

चेपाङ गाउँमा शैक्षिक प्रगति : एउटै कक्षामा पटकपटक पढ्ने बाध्यता हट्यो

कोहलपुर दुर्घटनाका मृतक पाँचैको सनाखत

Discussion about this post

अन‌ि यो पनि

स्वाब जाँच्दाजाँच्दै डाक्टर नै सङ्क्रमित
प्रमुख समाचार

नेपालमा कोरोना : ८४३ मा सङ्क्रमण, २२६ निको

काठमाडौं ४ वैशाख । कोभिड–१९ को सङ्क्रमण आज ८४३ जनामा देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा छ...

Read more
प्रधानमन्त्री कप क्रिकेट ः लुम्बिनी प्रदेशसामु ६३ रनको लक्ष्य

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज : नेपालसामु १३७ रनको लक्ष्य

बैंकिङ कसुर मुद्दामा फरार अकौलिया चितवनबाट पक्राउ

अवैध लागुऔषधसहित मेडिकल सञ्चालक पक्राउ

क्लव फुटको उपचारबारे अभिमुखीकरण

क्लव फुटको उपचारबारे अभिमुखीकरण

उपन्यास ‘काँचो कागज’को गृह विमोचन

उपन्यास ‘काँचो कागज’को गृह विमोचन

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : [email protected]

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In