भरतपुर । बालकुमारी उच्च माविको निमित्त प्रधानाध्यापक चयनमा विव्यस अध्यक्ष कमल आर्चायले एकलौटी गरेको आरोप लगाउँदै अनेरास्ववियु चितवनले प्रशासन शाखामा तालाबन्दी गरेको छ ।
अनेरास्ववियु जिल्ला कमिटी चितवनका संयोजक देवप्रसाद पाठकको नेतृत्वमा गएको अखिलको समूहले समस्या समाधानका लागि दबाब दिन भन्दै ताला लगाएको अनरास्ववियुले जनाएको छ । अनेरास्ववियुले बुधबार निकालेको विज्ञप्तिमा विद्यालय व्यवस्थापन समितिको बैठकको बहुमतलाई बेवास्ता गर्दै अध्यक्ष आर्चायले आफँै माइन्यूट लेखी मनपर्दी गरेको आरोप लगाइएको छ । अनेरास्ववियुले लगाएको छ । अध्यक्षको एकलौटी निर्णयले विधालयमा विवाद बढेर समितीका सदस्यहरु, अभिभावक र शिक्षकहरु समेत अन्यौलमा परेका कारण तत्काल समस्या समाधानका लागि दबाब दिन तालाबन्दी गरिएको अनेरास्ववियुका संयोजक पाठकले जानकारी दिए ।
Discussion about this post