भरतपुर । बालकुमारी इङ्लिश स्कुलको ४६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस बुधबार सम्पन्न भएको छ ।
कार्यक्रममा सांस्कृतिक कार्यक्रम, विज्ञान प्रदर्शनी, फुड फेस्टिबल, हस्तकला प्रदर्शनीलगायतका कार्यक्रमहरु देखाइएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रभातकुमार जोशीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उद्योग वाणिज्य सघंका अध्यक्ष कल्याण जोशी प्रमुख अतिथि रहेका थिए ।
त्यस्तै, कार्यक्रममा सेन्ट्रल प्याव्सनका महासचिव डिके ढुङ्गाना, मानव अधिकारवादी केदार मल्ल, शिक्षक अभिभावक संघका अध्यक्ष यमनाथ शर्मा, एसओएसका निर्देशक भोलानाथ पौडेल, बेसका अध्यक्ष मोहन लामा, प्याव्सन चितवनका अध्यक्ष बेलबहादुर गुरूङलगायतको उपस्थिति थियो ।
Discussion about this post