खैरहनी । पूर्र्वीचितवनका दुई जना बालक बेपत्ता भएका छन् । खैरहनी नगरपालिका–१० कपियाका १३ वर्षीय आयुष तिवारी र कठार ८ गैंडाका १४ वर्षीय निरन प्याकुरेल शनिबारदेखि बेपत्ता भएका हुन् । उनीहरुको घरपरिवार चिन्तित भएका छन् ।
निरनको मामाघर कठारको खरखुट्टेस्थित मामा गोविन्द उप्रेतीको घरबाट आफ्नो घर जान्छौँ भनेर निस्किएका उनीहरु केहीबेरपछि सम्पर्कविहीन रहेको आयुषका बुबा मीनराज तिवारीले बताए । निरन र आयुष एउटै कक्षामा पढ्ने साथी हुन् । बेपत्ता भएकाहरु अहिलेसम्म सम्पर्कमा नआएपछि उनीहरुको घरपरिवार चिन्तित भएका छन् । आयुषका बुबा मीनराज तिवारीले इलाका प्रहरी कार्यालय खैरहनीमा खोजतलास गरी पाउँ भनी निवेदन दिएका छन् । उनले खोजी कार्यमा सहयोग गरिदिन सबैसँग आग्रह गरेका छन् ।
Discussion about this post