भरतपुर । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द बिप्लवले शहिदको सपना पूरा गर्न आफू तयार रहेको बताका छन् ।
२० औं जनयुद्ध दिवसको अवसरमा भरतपुरमा आयोजित सहिद तथा बेपत्ता परिवार सम्मान कार्यक्रममा १० हजार नेपालीलाई सहिद बनाएर प्रचण्डले जनयुद्धको नाममा अधुरो क्रान्ति गरेर सहिदका सपनालाई लात हानेको हुँदा आफूले सपना पूरा गर्न नयाँ क्रान्तिको बाटो रोजेको बताए । महासचिव बिप्लवले जनताका अधुरा सपना पुरा गर्न एकिकृत जनक्रान्तिको कार्यदिशा अवलम्बन गरी पार्टी अगाडि बढेको बताए । इतिहासमा सवैभन्दा धोकेबाज र स्वार्थी नेता प्रचण्ड भएको बताउँदै उनले आफूहरुले पार्टी छोडेको नभई प्रचण्ड माओवादीको प्रस्ताव र जनता छोडेर भागेको आरोप लगाए ।
सरकारमा रहेका दलले रोल्पामा गएर गरेको प्रतिबद्धता पूरा नगरी माओवादी र जनतालाई अधिकारविहीन बनाए हतियार उठाउने उनले चेतावनी दिए । काग्रेस र एमालेले माओवादीका मागलाई सम्बोधन नगरी हेप्ने, पेल्ने र हतियारले दबाउने कुरा गरे त्यहि हतियार उठाएर प्रहार गर्ने उनको भनाइ छ । कार्यक्रममा चितवन जिल्लाबाट सहिद भएका १०२ जना सहिदका परिवारहरुलाई प्रमाण पत्र र दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।
Discussion about this post