भरतपुर । गणित शिक्षा परिषद् चितवनको आयोजनामा भएको गणित विषयसम्बन्धी हाजिरीजवाफ प्रतियोगितामा वाल्मीकि शिक्षा सदन भरतपुर पहिलो भएको छ ।
नारायणी नमुना उच्च मावि भरतपुर दोस्रो र लालीगँरास बोर्डिङ तेस्रो भएका छन् । कार्यक्रममा जिल्ला शिक्षा अधिकारी दामोदर आचार्यले विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका थिए । कार्यक्रम गणित शिक्षा परिषद् चितवनका अध्यक्ष गेहेन्द्रराज विष्टको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Discussion about this post