ADVERTISEMENT
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

उपरदाङगढीको ऐलानी जग्गा अतिक्रमण

by चितवन पोष्ट
२०७१ फाल्गुन १७, आईतवार ०१:४६ गते
in प्रमुख समाचार
0
0
SHARES
Share on FacebookShare on Twitter

दाहखानी । चितवनको ऐतिहासिक किल्ला उपरदाङगढी क्षेत्रको जग्गा अतिक्रमण हुन थालेको सरोकारवालको भनाइ छ । उपरदाङगढी संरक्षण तथा पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष ढलक राना जग्गावालाहरु उपरदाङगढीतर्फका ऐलानी जग्गा कब्जा गर्ने होडमा लागेको बताउँछन् ।
भर्खर पनि गढी अगाडिको क्षेत्रमा नयाँ तारबार भयो । स्थानीय गणेशबहादुर थापा मगर भन्छन् ‘पुरानो तारबार उखेलेर १० हात मिचेर नयाँ तारबार गरियो ।’ यसो गर्दा गढी क्षेत्रको झण्डै एक बिघा जमिन गुमेको छ ।
शक्तिखोरका लीला श्रेष्ठले आफ्नै सुरमा गढीतर्फ घुसेर तारबार गरेका हुन् भन्छन अध्यक्ष ढलक राना । श्रेष्ठले १५ वर्षअघि स्थानीय धनमाया गुरूङ्सेनीको जग्गा किनेका थिए । त्यो जग्गाभन्दा पछाडि पर्ने गढीको जग्गामा लीलाले दाबी गरेका हुन् ।
‘आफूले किनेको नम्बरी जग्गासँग जोडिएको ऐलानी जग्गा पनि आफँैतिर पार्ने चलन छ । लीलाले मात्रै होइन, अरुले पनि त्यही गरेका छन् । मैले लीलालाई किन यसो गरेको भनेर सोधेको हो । अरुले गर्ने मैले गर्न किन नपाउने भने’ अध्यक्ष रानाले भने ।
एकपछि अर्को गर्दै ऐलानी जग्गा हडप्ने होड चल्ने हो भने उपरदाङगढी किल्लामा सार्वजनिक जग्गा बाँकी नै नरहने अवस्था आउने उनले बताए । ऐतिहासिक क्षेत्रमा पर्यटन विकास हुने सम्भावना बढेर गएपछि बाहिरबाट जग्गा किन्नेहरुको होड चलेको छ ।
‘यस्तो बेलामा गढीको जग्गा संरक्षण गर्नु अपरिहार्य छ । तारबार गरेर पनि जोगाउन सकिएन । पहिला लगाएको तारबारसमेत फुकालेर जग्गावालाले एकतर्फी तारबार गर्न थाले । जुन साह्रै दुःखद हो’ अध्यक्ष रानाले भने ।
उपरदाङगढी र नजिकैको शेरबास क्षेत्रमा विसं. २०१८ सालसम्म चितवनको सदरमुकाम थियो । यो पहाडी थुम्कोमा दुई सय वर्षभन्दा पुरानो किल्ला पनि छ । त्यसैले उपरदाङगढी क्षेत्रको ऐतिहासिक महत्व छ भन्छन् अध्यक्ष राना ।
पृथ्वीनारायण शाहका नाति, बहादुर शाहका छोरा शत्रुभञ्जन शाहको आदेश अनुसार विसं. १८०० सयको आसपासमा किल्ला बनाएको इतिहासकारहरुको भनाइ छ । समुन्द्र सतहबाट १२ सय ७५ मिटरको उचाइमा किल्ला निर्माण भएको छ ।
किल्लाले ६३९ वर्ग मिटर क्षेत्र ओगटेको छ । पूर्वीचितवनको रत्ननगर बजारबाट छ माइल उत्तरमा रहेको यो क्षेत्रबाट आकास खुलेका बेलामा चितवनको सबै समथर क्षेत्र राम्रो र प्रष्ट देख्न सकिन्छ । त्यसैले यहाँ पर्यटकहरु आउने गर्छन् ।
‘पर्यटक आउने क्रम सुरू भएसँगै पर्यटन व्यवसायीहरु पनि आएका छन् । जग्गा किनबेच बढेको छ । स्थानीयका जग्गा व्यवसायीले खरिद गरेका छन् । गढी क्षेत्रमा चाँडै तारबार गर्नुपर्ने आवश्यकता छ । त्यसो नभएमा ऐलानी भनेर सबै जग्गा कब्जा हुने खतरा छ’ समितिका अध्यक्ष रानाले भने ।
क्याप्सन ः उपरदाङगढी किल्ला ।

Related Posts

भरतपुर अस्पतालको बेथिति, विरामीलाई दिनभर पालो बस्दैमा हैरान

भरतपुर अस्पतालको बेथिति, विरामीलाई दिनभर पालो बस्दैमा हैरान

‘चितवन कोरोनाबाट अतिप्रभावित’

‘चितवन कोरोनाबाट अतिप्रभावित’

फर्केर हेर्दा २०७७ : चितवनले गुमायो राजनीतिका तीन धरोहर

फर्केर हेर्दा २०७७ : चितवनले गुमायो राजनीतिका तीन धरोहर

Discussion about this post

अन‌ि यो पनि

रत्ननगर अस्पतालमा अनलाइनबाटै ओपिडी टिकट
समाज

रत्ननगर अस्पतालमा अनलाइनबाटै ओपिडी टिकट

चितवन । बकुलहर–रत्ननगर अस्पतालमा उपचार गर्न आउने विरामीले अनलाइनबाटै ओपीडी टिकट काट्न सक्ने व्यवस्था मिलाइएको छ । अस्पतालमा सेवा थप...

Read more
राजनीतिका कुरा र हामी

कोरोनाको बढ्दो जोखिम : विद्यालयमा विद्यार्थी सङ्ख्या घट्न थाले

अमेरिकाको इन्डियानापोलिसमा गोली चल्यो, कम्तीमा आठ जनाको मृत्यु

अमेरिकाको इन्डियानापोलिसमा गोली चल्यो, कम्तीमा आठ जनाको मृत्यु

वालमैत्री वडा घोषणाका लागि मुसहर समुदायमा अन्तरक्रिया

वालमैत्री वडा घोषणाका लागि मुसहर समुदायमा अन्तरक्रिया

बैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

बैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In