ADVERTISEMENT
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

डिप ट्यूबेल निर्माणपछि व्यावसायिक खेती

by चितवन पोष्ट
२०७१ फाल्गुन १७, आईतवार ०१:४२ गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

होमनाथ सापकोटा
जुटपानी । खानेपानीको समेत चरम अभाव झेल्दै आएका जुटापानीका किसानहरु सिँचाइको राम्रो प्रबन्ध भएपछि व्यावसायिक खेती गर्न थालेका छन् ।
नेपाल सरकारअन्तर्गतको कृषि विकास आयोजना जनकपुरले ५५ लाखको लगानीमा डिप ट्यूबेल निर्माण गरेपछि किसानहरुले व्यावसायिक खेती गर्न सुरू गरेका हुन् । सिँचाइको अभावले मुस्किलले वर्षे धान भित्र्याउने जुटपानी–५ जमुनापुरमा अधिकांश किसानहरुले नगदेबाली लगाउन सुरू गरेका छन् । सबै किसानको खेतमा सिँचाइको पहुँच पु¥याएर किसानहरुलाई व्यावसायिक बनाउन ‘एक कुलो एक खेती’को अवधारणा ल्याइएको छ ।
स्थानीयस्तरमा गठित जमुनापुर डिप ट्यूबेल जलप्रबन्ध समितिले गत वर्षबाट डिपट्यूबेल निर्माणको काम सुरू गरेका थिए ।
डिप गर्ने, पम्प जडान र बिजुलीको लागि ट्रासफर्मर जडानको काम सकेपछि एक महिनाअघिबाट किसानलाई सिंचाइको लागि पानी वितरण सुरू गरिसकेको समितिका सभापति विनोद रेग्मीले जानकारी दिए । अहिलेसम्म ३० लाखको काम भइसकेको र अन्य काम गर्न बाँकी रहेको सभापति रेग्मीले बताए ।
किसानको खेतसम्म पानी पु¥याउने मूल र शाखा कुलोका लाइन र पम्प हाउस निर्माणको काम बाँकी रहेको उनले बताए । किसानहरुलाई चैते धान रोप्न र केरामा सिँचाइ गर्न निर्माण कार्य नसकिँदै पानी वितरण गरिएको अध्यक्ष रेग्मीको भनाइ थियो ।
सरकारी सहयोगमा गाँउमै पहिलो पटक अत्याधिक क्षमताको डिप ट्यूबेल निर्माण भएपछि किसानहरु उत्साहित भएर खेती गर्न सुरू गरेका छन् । जुटपानी केरा उत्पादनको हिसाबले अब्बल क्षेत्र हो । लाखौं खर्चेर केरा खेती गरिरहेका जुटपानीका किसानहरु सिँचाइको अभावले हैरानी खेप्दै आएका थिए ।
डिपट्यूबेल निर्माण भएपछि सिँचाइ गर्न पाएर किसानहरु उत्साहितमात्र भएका छैनन्, जग्गा भाडामा लिएर केरा खेती गर्न सुरू गरेका छन् । कसैले केरा खेती गर्न जग्गाको क्षेत्रफल बढाएका छन् भने कसैले व्यावसायिक रुपमै तरकारी र मकै खेती गर्न सुरू गरिसकेका छन् ।
अहिलेसम्म चैते धान रोप्न नपाएका जुटपानीका किसानहरुले सिँचाइको राम्रो प्रबन्ध भएपछि यस वर्षबाट चैते धान रोप्न बीउ राखेको समितिका सभापति रेग्मीले बताए । ‘वर्षौदेखि सिँचाइको समस्या झेल्नु प¥यो, पानी नभएर लगाइएको बाली पनि भित्र्याउन पाइएन’ जुटपानी–५ जमुनापुरका किसान कृष्णप्रसाद दाहालले भने ‘डिपट्यूबेल निर्माण भएपछि चैते धान लगाउनसमेत किसान कस्सिएका छन् ।’
‘सिँचाइ नभएर बीउ जोगाउनसमेत मुस्किल थियो’ उनले भने, ‘अब केरा, तरकारी र अन्य बाली ढुक्कसँग लगाउन पाइने वातावरण सृजना भएको छ ।’ सिँचाइको राम्रो व्यवस्था भएपछि मकै, धान र तरकारी खेती व्यावसायिक रुपमै गर्ने योजना रहेको जुटपानी–५ जमुनापुरका किसान टीकाराम तिमिल्सिनाले बताए ।
‘डिप ट्यूबेल जुटपानीका किसानहरुको लागि बरदानै सावित हुने छ’ उनले भने, ‘डिप ट्यूबेलकै कारणले यहाँका किसानहरुले व्यावसायिक रुपमा खेती गरी आम्दानीको स्रोत बढाउने छन् । डिप ट्यूबेल निर्माणपछि किसानहरुले त्यसको अधिकतम सदुपयोग गरी जुटपानीलाई कृषि उत्पादनको पकेट क्षेत्रको रुपमा विकास गर्ने योजना बनाएको समितिका उपासभापति दीपक पाठकले बताए । एक सेकेण्डमा ३९ लिटर पानी फाल्ने सो डिप ट्यूबेलबाट ५५ बिघा क्षेत्रफलमा सिँचाइ गर्ने प्रारम्भिक योजना बनाइएको छ ।
जुटपानी–५ जमुनापुरमा १८० घरधुरीको ५३ बिघा जग्गा रहेको छ । तर  डिप ट्यूबेलले ८० बिघा जग्गा क्षेत्रफलमा सिँचाइ गर्न सक्ने क्षमता रहेको उपसभापति पाठकले बताए ।
‘जुटपानी गाविसको हरेक किसानलाई सिँचाइको लागि पानी वितरण गर्ने योजना रहेको छ’ उनले भने, ‘त्यसका लागि पानी खेतसम्म कसरी पु¥याउन सकिन्छ भनेर अध्ययन भइरहेको छ ।’

Related Posts

बैंकिङ कसुर मुद्दामा फरार अकौलिया चितवनबाट पक्राउ

अवैध लागुऔषधसहित मेडिकल सञ्चालक पक्राउ

क्लव फुटको उपचारबारे अभिमुखीकरण

क्लव फुटको उपचारबारे अभिमुखीकरण

चेपाङ गाउँमा शैक्षिक प्रगति : एउटै कक्षामा पटकपटक पढ्ने बाध्यता हट्यो

कोहलपुर दुर्घटनाका मृतक पाँचैको सनाखत

Discussion about this post

अन‌ि यो पनि

स्वाब जाँच्दाजाँच्दै डाक्टर नै सङ्क्रमित
प्रमुख समाचार

नेपालमा कोरोना : ८४३ मा सङ्क्रमण, २२६ निको

काठमाडौं ४ वैशाख । कोभिड–१९ को सङ्क्रमण आज ८४३ जनामा देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा छ...

Read more
प्रधानमन्त्री कप क्रिकेट ः लुम्बिनी प्रदेशसामु ६३ रनको लक्ष्य

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज : नेपालसामु १३७ रनको लक्ष्य

बैंकिङ कसुर मुद्दामा फरार अकौलिया चितवनबाट पक्राउ

अवैध लागुऔषधसहित मेडिकल सञ्चालक पक्राउ

क्लव फुटको उपचारबारे अभिमुखीकरण

क्लव फुटको उपचारबारे अभिमुखीकरण

उपन्यास ‘काँचो कागज’को गृह विमोचन

उपन्यास ‘काँचो कागज’को गृह विमोचन

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : [email protected]

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In