नवलपरासी । नवलपरासीको बडहरा दुबौलिया १ बडसारमा शनिबार एउटा निलगाई घाइते अवस्थामा फेला परेको छ ।
सीमा प्रहरी चौकी महेशपुरका प्रहरी निरीक्षक राजुप्रसाद शर्माका अनुसार घाइते अवस्थामा भेटिएको निलगाईलाई उद्दार गरी चौकीमै राखेर उपचार गरिएको छ । पशुक्वारेन्ट चेकपोष्ट महेशपुरको टोलीले निलगाईको उपचार गरिरहेको छ । जंगलमा पाइने निलगाई संरक्षित जनवारको रुपमा लिइने गरिन्छ ।
Discussion about this post