ADVERTISEMENT
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

नारी दिवसमा बृहत रक्तदान

by चितवन पोष्ट
२०७१ फाल्गुन १४, बिहीबार ०१:२९ गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । १०५ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा आगामी फागुन २३ गते शनिबार चितवनमा बृहत रक्तदान कार्यक्रम हुने भएको छ । मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरिक्षक रमेशप्रसाद खरेलको अध्यक्षतामा बुधबार भरतपुरमा सम्पन्न बैठकले रक्तदान कार्यक्रमलाई व्यवस्थित गर्न सरोकारवालाहरुसँग छलफल गरेको थियो । रक्तदान कार्यक्रममा करिब एक हजार पाँच सय जनाले रक्तदान गर्ने समादेशक खरेलले जानकारी दिए ।
चितवनमा रगतको अभाव हुन नदिन नेपाल प्रहरी, स्थानीय व्यवसायिक तथा सामाजिक संघसंस्थाहरुको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम हुन लागेको हो । बुधबार सम्पन्न वैठकले रक्तदान कार्यक्रमलाई व्यवस्थित गर्न विभिन्न कार्यगत समितिको गठन गरी जिम्मेवारी बाँडफाँड समेत गरेको छ ।
रक्तदान कार्यक्रमको आर्थिक व्यवस्थापनमा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष कल्याण जोशी, सञ्चार व्यवस्थापनमा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष हरिप्रसाद पोखरेल, प्रचार प्रसारमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरिक्षक सहकुल बहादुर थापा, भोजन व्यवस्थापनमा पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष शंकरप्रसाद कँडेललाई जिम्मेवारी दिइएको छ ।
यसैगरी प्राथमिक उपचारमा नेपाल रेडक्रस सोसाइटी चितवनका मन्त्री ज्ञानशाली न्यौपाने, रक्तदानको प्राविधिक व्यवस्थापनमा ब्लड बैँकका रमेश पौडेल, शैक्षिक सँस्थाको समन्वय गर्न रोटरी क्लब भरतपुरकी हरिदेवी शर्मा, स्टेशनरी सामग्रीको व्यवस्थापनमा यामनाथ शर्मा र कृष्ण श्रेष्ठलाई संयोजन गर्ने जिम्मेवारी दिइएको बैठकले जनाएको छ ।
ठूलो सँख्यामा रक्तदाताहरुको उपस्थिति रहने यस कार्यक्रमबाट सामाजिक सद्भावमा समेत सघाउ पुग्ने र रगतको अभावमा बिरामीले अकालमा ज्यान गुमाउन नपर्ने तालिम केन्द्रका समादेशक रमेश खरेलको भनाइ छ । यसअघि आईतबार तालिम केन्द्रका समादेशक खरेलसहित चितवनको उद्योग वाणिज्य संघ, रोटरी क्लब, जेसीस, प्याब्सन, हिसान लगायतका संंस्थाहरु सम्मिलित भेलाले नारी दिवसमा बृहत रक्तदान कार्यक्रम गर्ने निर्णय गरेको हो ।

Related Posts

रत्ननगर अस्पतालमा अनलाइनबाटै ओपिडी टिकट

रत्ननगर अस्पतालमा अनलाइनबाटै ओपिडी टिकट

राजनीतिका कुरा र हामी

कोरोनाको बढ्दो जोखिम : विद्यालयमा विद्यार्थी सङ्ख्या घट्न थाले

वालमैत्री वडा घोषणाका लागि मुसहर समुदायमा अन्तरक्रिया

वालमैत्री वडा घोषणाका लागि मुसहर समुदायमा अन्तरक्रिया

Discussion about this post

अन‌ि यो पनि

रत्ननगर अस्पतालमा अनलाइनबाटै ओपिडी टिकट
समाज

रत्ननगर अस्पतालमा अनलाइनबाटै ओपिडी टिकट

चितवन । बकुलहर–रत्ननगर अस्पतालमा उपचार गर्न आउने विरामीले अनलाइनबाटै ओपीडी टिकट काट्न सक्ने व्यवस्था मिलाइएको छ । अस्पतालमा सेवा थप...

Read more
राजनीतिका कुरा र हामी

कोरोनाको बढ्दो जोखिम : विद्यालयमा विद्यार्थी सङ्ख्या घट्न थाले

अमेरिकाको इन्डियानापोलिसमा गोली चल्यो, कम्तीमा आठ जनाको मृत्यु

अमेरिकाको इन्डियानापोलिसमा गोली चल्यो, कम्तीमा आठ जनाको मृत्यु

वालमैत्री वडा घोषणाका लागि मुसहर समुदायमा अन्तरक्रिया

वालमैत्री वडा घोषणाका लागि मुसहर समुदायमा अन्तरक्रिया

बैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

बैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In