रत्ननगर । सुकुमबासी समस्या समाधान आयोगको काम रोकिनुको कारण र आगामी कार्यक्रमकाबारेमा रत्ननगरमा मंगलबार अन्तत्र्रिmया गरिएको छ ।
नेपाल सुकुमबासी सुधार समिति रत्ननगर र आकृति महिला बचत तथा ऋण सहकारी संस्थाले आयोगका जिल्ला अध्यक्ष दावा दोर्जे लामासँग अन्तक्र्रिया गरेका हुन् । आयोगको काम रोकी पाउँ भनेर चन्द्रमणि न्यौपानेले दिएको निवेदनका आधारमा सर्वोच्च अदालतले काम नगर्न र नगराउन आदेश दिएपछि निवेदन दर्ता गर्नेबाहेक अरु काम हुन सकेको छैन ।
अन्तत्र्रिmयामा सुकुमबासी समुदायका अगुवाहरुले अहिले गठन भएको आयोगको कार्याकाल पनि यसै सकिने हो कि भन्दै चिन्ता व्यक्त गरे । नेपाल सुकुमबासी सुधार समिति रत्ननगरका अध्यक्ष फूलमान तामाङले आयोगले तत्काल काम अगाडि बढाउन पाउनुपर्ने माग गर्दै सरकार परिवर्तन भए पनि हालको आयोगलाई नै निरन्तरता दिनुपर्ने बताए । उनले अहिलेको आयोगले लालपूर्जा वितरण गर्नेमा सबैमा विश्वास रहेकोमा सर्वोच्चको आदेशले आफूहरुलाई निराश बनाएको बताए ।
कार्यक्रममा आकृति महिला बचत तथा ऋण सहकारी संस्थाकी उपाध्यक्ष फूलकुमारी लामा, समितिकी उपाध्यक्ष उर्मिला पासवान, कोषाध्यक्ष हरि नेपालीलगायतले तत्काल आयोगले काम थाल्न पाउनुपर्नेमा जोड दिँदै काम रोकिएकोबारे थाहा पाउनु पर्ने बताए ।
कार्यक्रममा आयोग जिल्ला अध्यक्ष दावा दोर्जे लामाले न्यायलयको आदेशविपरीत जान नमिल्ने भन्दै समय पर्खन आग्रह गरे । आयोग सक्रिय भएको बेला जनाएको प्रतिबद्धता यथावत रहने भन्दै अध्यक्ष लामाले सुकुमबासी समस्या समाधान गराएरै छाड्ने दाबी गरे । अन्तत्र्रिmया कार्यक्रम समितिका अध्यक्ष फूलमान तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Discussion about this post