रत्ननगर । रत्ननगरको बकुल्लहर बजार व्यवस्थापनका लागि नगरपालिकाका प्रतिनिधी संयोजक रहने गरी बजार व्यवस्थापन समिति गठन गरिएको छ ।
मंगलबार भएको भेलाले गठन गरेको समितिमा इलाका प्रहरी कार्यालय रत्ननगरका प्रतिनिधी, उद्योग वाणिज्य संघका प्रतिनिधी, पूर्वी चितवन टेम्पो व्यवसायी समितिका अध्यक्ष, टोल विकास संस्था, नगर समन्वय समितिका अध्यक्ष, बकुल्लहर टोल विकास संस्थाका अध्यक्ष ,कल्याण टोल विकास संस्थाका अध्यक्ष, रत्ननगर टोल विकास संस्थाको प्रत्येक वडा सचिवसदस्य रहने गरी समिति गठन गरिएको हो ।
Discussion about this post