हेटौडा÷ सञ्जीवनी ग्लोबल प्रालिको आयोजनामा एकदिने क्यान्सर सचेतना कार्यक्रम सम्पन्न भएको छ । हेटौँडा स्कुल अफ म्यानेजमेन्टमा भएको कार्यक्रममा ४० जना विद्यार्थीहरुले क्यान्सको विषयमा जानकारी प्राप्त गरेका थिए । कार्यक्रममा दुई दशक देखि क्यान्सर रोगमा व्यवहारिक सफल अनुसन्धानकर्ता तथा जनचेतनात्मक प्रवाचक प्रा.लि. का प्रबन्ध निर्देशक तुलसी गिरीले क्यान्सरको विषयमा जानकारी प्रदान गरेका थिए । उनले विद्यार्थीहरुलाई क्यान्सर सहित मुटुरोग, क्षयरोग, जण्डिस, हेपाटाईटीस लगाएत रोगको विषयमा जानकारी गराएका हुन् । उनले क्यान्सर रोगपनि निकोहुन सक्ने जानकारी गराएका थिए ।
Discussion about this post