जुटपानी । जनएकता उपभोक्ता सहकारी संस्था खोलेसिमलको छैटौं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष ओमप्रसाद लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष केदार तिवारीले आर्थिक प्रतिवेदन र लेखा सदस्य दोर्णचार्य रेग्मीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयका प्रशिक्षक श्रीकृष्ण नेपाल, सुरक्षित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष द्रोणप्रसाद लामिछाने, नेपाल रेडक्रस सोसाइटी उपशाखा जुटपानीका सभापति गणेश शर्मा पौडेल, संस्थाका सचिव नन्दलाल लामिछानेलगायतले बोलेका थिए ।
Discussion about this post