ADVERTISEMENT
३१ चैत्र २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
३१ चैत्र २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

५७ खालका कुरीतिबाट महिला प्रताडित

by चितवन पोष्ट
२०७१ फाल्गुन १०, आईतवार ०२:४६ गते
in प्रमुख समाचार, समाज
0
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । नेपालमा महिला प्रताडित हुने कुरीतिहरु ५७ खालका रहेको यस क्षेत्रमा कार्यरत अगुवाहरुले बताएका छन् । कुरीति अन्त्य समाज नामक संस्थाको दुई दिने भेला समापनमा शनिबार संस्थाकी अध्यक्ष विमला पराजुलीले ५७ खालका कुरीतिबाट महिलाहरु प्रताडित हुनुपरेको बताइन् ।
‘त्यसमध्ये दाइजो प्रथा, बोक्सी, कमलहरी, छाउपडी, देउकी, बालविवाहले महिलाहरुलाई विकराल अवस्थामा पु¥याएको छ । हामी यस्ता कुरीतिका विरूद्ध क्रियाशील छौँ’ अध्यक्ष पराजुलीले भनिन् । छोरीलाई कन्यादान गर्नु पनि कुरीति नै भएको उनले बताइन् ।
आफ्नो संस्थाले गत वर्षको साउनदेखि तराईका २२ जिल्लामा कुरीति सम्वन्धी हिंसा अन्त्य सञ्जालको नामबाट काम गर्दै आएको उनले बताइन् । यही कात्तिकबाट भने संस्था कुरीति अन्त्य समाजको नामबाट काठमाडौंमा दर्ता भएको उनले जानकारी दिइन् ।
‘परम्पराको नाममा पनि महिलामाथि ज्यादतीहरु भएका छन् । कुमारीका नाममा बालबालिकाको बालअधिकार हनन हुने घटनाहरु भएका छन् । तीजमा पतिको आयु बढाउन भनेर महिलाहरुलाई ब्रत बस्न लगाइन्छ’ अध्यक्ष पराजुलीले भनिन्,
‘यो पनि अर्को कुरीति हो ।’ सामान्य लाग्ने संस्कारले महिलामाथि अत्याचार गरेको उनले बताइन् । यस्ता खालका संस्कारलाई हटाउन अभियान चलाउने उनको भनाइ छ । संस्था हाल २३ जिल्लामा विस्तार भएको र पाँच विकास क्षेत्रमै पुगेको उनले जानकारी दिइन् ।
‘छोरा नजन्मेमा पनि महिलालाई यातना, दाइजो नल्याए पनि महिलालाई यातना । महिलाले अरु पुरूषको अनुहारसमेत हेर्न हुन्न भनेर घुम्टोमा राख्ने परम्परा छ । यस्ता परम्परालाई हामीले निर्मुल गर्न आवश्यक छ’ अध्यक्ष पराजुलीले भनिन् ।
धर्म, संस्कृति र परम्पराका आडमा हुने सबै खालका महिला हिंसाविरूद्ध आफूहरु लाग्ने उनले बताइन् । संस्थालाई विस्तार गर्ने सोचले भरतपुरमा राखेको भेलामा २३ जिल्लाका ९० जनाले भाग लिएको उनले जानकारी दिइन् ।
‘सबै जिल्लाको कार्य योजना पनि भेलाबाट तयार बनाएका छौं । अब जिल्ला जिल्लामा महिला हिंसाको यथार्थ विवरण तयार पारिने छ । त्यस्ता घटनामा संलग्नहरुलाई कानुनी कारबाही गराइने वातावरण बनाइनेछ’ पराजुलीले भनिन् ।
बोक्सीप्रथा नियन्त्रणका लागि परिमार्जनसहित संसदमा गएको विधेयक तुरुन्त पारित गर्न उनले माग गरिन् । त्यस्तै, छाउपडी रोक्न बनेको ऐन पूर्ण कार्यान्वयन गर्न पनि उनले आग्रह गरेकी छन् । यसका लागि संस्थाले दबाबमुखी अभियान पनि चलाउने उनले बताइन् ।
संस्थामा पीडितहरुको नै नेतृत्व रहेको उनले बताइन् । ‘हाम्रो संस्थाको केन्द्रमा होस् वा जिल्लामा होस् नेतृत्वमा रहनेहरु सबै कुनै न कुनै कुरीतिको शिकार भएका पीडितहरु बताउँछन् । समस्या भोगेकाले नै आन्दोलन हाँकेका छन्’ अध्यक्ष पराजुलीले भनिन् ।

Related Posts

श्लेषमान्तक वनमा पक्की चिहान निर्माण रोक्न माग

श्लेषमान्तक वनमा पक्की चिहान निर्माण रोक्न माग

चितवनमा कोरोना सङ्क्रमित बढ्दै, ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गर्न अनुरोध

नेपालमा थप ४९६ जनामा संक्रमण पुष्टि, एकैदिन १३ जनाको मृत्यु

छतबाट लडेर एक विद्यार्थीको मृत्यु

बुटवलमा तीन सङ्क्रमितको मृत्यु

Discussion about this post

अन‌ि यो पनि

श्लेषमान्तक वनमा पक्की चिहान निर्माण रोक्न माग
समाज

श्लेषमान्तक वनमा पक्की चिहान निर्माण रोक्न माग

काठमाडौँ । सनातन धर्म महासङ्घ नेपालले पशुपति क्षेत्रको श्लेषमान्तक वनमा इसाइ (क्रिश्चियन) सम्प्रदायको पक्की चिहान निर्माण तत्काल रोक्न माग गरेको...

Read more
चितवनमा कोरोना सङ्क्रमित बढ्दै, ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गर्न अनुरोध

नेपालमा थप ४९६ जनामा संक्रमण पुष्टि, एकैदिन १३ जनाको मृत्यु

वरिष्ठ नेता पौडेल पारिवारिक शोकमा

वरिष्ठ नेता पौडेल पारिवारिक शोकमा

भारतमा कोभिड तीव्ररुपमा फैलिन थाल्यो, एकै दिन ४४ हजार सङ्क्रमित

भारतमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या एक लाख ७० हजार नाघ्यो

नारायणी बचतले मनायो २४ औँ वाषिकोत्सव

नारायणी बचतले मनायो २४ औँ वाषिकोत्सव

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In