भरतपुर । भरतपुर–४ नारायणगढको आनन्दमार्गमा रहेको सत्यम जेभियर्स ई. स्कुलले २० औं स्कुल डे कार्यक्रम शनिबार मनाएको छ ।
चितवन प्याव्सनका सल्लाहकार एवम् पूर्वकेन्द्रीय सदस्य श्रीप्रसाद ढुंगाना प्रमुख अतिथि रहेको कार्यक्रममा विद्यालयका प्राचार्य अजीव पौडेलले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा प्राचार्य पौडेलले सत्यम स्कुलमा कार्यरत शिक्षक, अभिभावक र कर्मचारीहरुको लागि शेयर खुला गरेको जानकारी दिए । सहायक प्राचार्य योगनाथ रेग्मी, मावि इन्चार्ज संग्राम पोखरेल, प्रावि इन्चार्ज रजनीसिंह थापा, इसीए शिक्षक प्रकाश पौडेललगायतले मन्तव्य दिएका थिए ।
कार्यक्रममा विद्यार्थीहरुले नृत्य, नाटक तथा विभिन्न प्रस्तुतिहरु देखाएका थिए । विद्यार्थीहरुले गरेका फुड फेस्टिबल र विज्ञान प्रदर्शनीले अभिभावकको मन तानेको थियो । कार्यक्रमको सञ्चालन शिक्षक किशोर खनालले गरेका थिए ।
Discussion about this post