भरतपुर । नेकपा एमाले चितवनको शनिबार बसेको जिल्ला कमिटीको १८ औं पूर्ण बैठकले आगामी चैत ३० गते जिल्ला परिषद गर्ने निर्णय गरेकोे छ ।
परिषद बैठकमा वर्तमान कार्यसमितिले आफ्नो सांगठनिक तथा राजनीतिक प्रगति प्रतिवेदन पेस गर्ने एमाले चितवनका प्रचार विभाग प्रमुख अरुणपीडित भण्डारीले जानकारी दिए । जिल्ला कमिटीको बैठकले सदस्यता नविकरण र संगठन बिस्तार अभियानलाई तीव्रता दिने निर्णय पनि गरेको छ ।
Discussion about this post