ADVERTISEMENT
३१ चैत्र २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
३१ चैत्र २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

पिठुवामा फष्टायो व्यावसायिक गाईपालन

by चितवन पोष्ट
२०७१ फाल्गुन ८, शुक्रबार ०२:२५ गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

होमनाथ सापकोटा
पिठुवा । तीन वर्षअघि मकवानपुरमा आएको बाढीले घर खेत लगेपछि शिवनाथ खत्री सुकुमबासी हुन पुगे । एकै रातको बाढीले उनलाई रित्तो बनाइदियो । बाढीबाट कसोकसो परिवार त जोगिए, सम्पत्ति सबै बग्यो ।
बाढीले विल्लीबाठ भएपछि भौतारिँदै चितवनको पिठुवा आइपुगेका खत्रीको परिवार रत्ननगर–१४ पिठुवाको ऐलेनी जग्गामा छाप्रो हालेर बस्न थाले । एक वर्षसम्म मेलापात गरेर परिवार चलाएका उनले ऋण धन गरेर गाई पालन सुरू गरे । दुईवटा गाईबाट निर्वाहमुखी पशुपालन सुरू गरेका उनी अहिले पिठुवाका अव्बल गाईपालकको रुपमा चिनिन्छन् ।
एउटा आँखा राम्ररी नदेख्ने उनको गोठमा अहिले १३ वटा गाई छन् । सुरूमा निर्वाहमुखी पशुपालन गरेका उनले अहिले व्यावसायिक रुपमै पशुपालन सुरू गरेका छन् । पिठुवामा चार सय घरधुरीले व्यवसायिक रुपमा पशुपालन गरेका छन् ।
हाल १३ वटा दुहुना गाई पालेका खत्रीले मासिक ५० हजार आम्दानी गर्दै आएका छन् । झुप्रोेमा बस्दै आएका खत्रीका परिवारले गाईपालनबाटै राम्रो ओत लाग्ने घर पनि बनाए । कुनै समय हात मुख जोर्न धौं–धौं पर्ने खत्रीको परिवार धनाड्यमा खनिन्छन् । खत्रीजस्ता पिठुवाका चार सय परिवारले गाईपालनबाटै जीविका मात्र चलाएका छैनन्, धनराशी जम्मा गर्न पनि सफल भएका छन् ।
पिठुवामा अपाङ्गदेखि राजनीतिकर्मीले समेत पशुपालन गरेका छन् । स्थानीय राजनीतिककर्मी पिठुवाकै हरिकुमार श्रेष्ठ पनि गाईपालन व्यवसायबाट राम्रो आम्दानी गर्न सफल भएका छन् । राजनीति गरेर जीविका नचलेपछि व्यावसायिक रुपमै गाईपालन सुरू गरेका श्रेष्ठ पनि पशुपालनको हिसावले पिठुवामा स्थापित भइसकेका छन । ‘गाईपालनबाट राम्रो आम्दानी गरेको छु’ उनले भने, ‘जुन उद्देश्यले सुरू गरेको थिएँ, सफल भएको छु ।’
१० वटा गाई र २ वटा भँैसी पालेका श्रेष्ठले खर्च कटाएर मासिक ३० हजार आम्दानी गरेको बताए । ‘मलाई विदेश यहीँ छ’ उनले भने, ‘मैले गरेको काम देखेर पिठुवाका युवाहरुले पनि अनुशरण गरेका छन् ।’
पिठुवामा दुई दर्जनभन्दा बढी दुग्ध उत्पादक किसानहरु रहेका छन् । पिठुवामा व्यवसायिक तथा निर्वाहमुखी गाईपालन गर्ने ६८ प्रतिशत किसान रहेका छन् । त्यसमा ४ सय किसानले व्यवसायिक रुपमा पशुपालन गर्दछन भने अन्य किसानहरुले पशुपालनसँगै खेतीपाती गरेका गुराँसफूल बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष हरिकुमार श्रेष्ठले बताए ।
संस्थाले किसानलाई पशुपालनको लागि सहुलीयत व्याजदरमा ऋण उपलब्ध गराउने र हरियो घाँसको व्यवस्थासमेर्त गरेको छ । ‘किसानलाई हित हुने कार्यक्रम गर्न सहकारी संस्था स्थापना गरेका हौँ’ अध्यक्ष श्रेष्ठले भने, ‘हामीले किसानलाई पशुपालनको लागि समान्य व्याजदरमा ऋण दिने गरेका छौँ ।’

Related Posts

श्लेषमान्तक वनमा पक्की चिहान निर्माण रोक्न माग

श्लेषमान्तक वनमा पक्की चिहान निर्माण रोक्न माग

छतबाट लडेर एक विद्यार्थीको मृत्यु

बुटवलमा तीन सङ्क्रमितको मृत्यु

Chitwan Post

करेन्ट लागेर दम्पत्तीको मृत्यु

Discussion about this post

अन‌ि यो पनि

श्लेषमान्तक वनमा पक्की चिहान निर्माण रोक्न माग
समाज

श्लेषमान्तक वनमा पक्की चिहान निर्माण रोक्न माग

काठमाडौँ । सनातन धर्म महासङ्घ नेपालले पशुपति क्षेत्रको श्लेषमान्तक वनमा इसाइ (क्रिश्चियन) सम्प्रदायको पक्की चिहान निर्माण तत्काल रोक्न माग गरेको...

Read more
चितवनमा कोरोना सङ्क्रमित बढ्दै, ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गर्न अनुरोध

नेपालमा थप ४९६ जनामा संक्रमण पुष्टि, एकैदिन १३ जनाको मृत्यु

वरिष्ठ नेता पौडेल पारिवारिक शोकमा

वरिष्ठ नेता पौडेल पारिवारिक शोकमा

भारतमा कोभिड तीव्ररुपमा फैलिन थाल्यो, एकै दिन ४४ हजार सङ्क्रमित

भारतमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या एक लाख ७० हजार नाघ्यो

नारायणी बचतले मनायो २४ औँ वाषिकोत्सव

नारायणी बचतले मनायो २४ औँ वाषिकोत्सव

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In