पदमपुर । पदमपुर–८ दुई सय विघा क्षेत्रमा रहेका विपन्न किसानहरुलाई कुखुरापालनबारे प्रशिक्षण दिइएको छ ।
रेष्क्यू नेपाल काठमाडौंले आयोजना गरेको तीन दिने प्रशिक्षणमा ३३ जना किसानहरुको सहभागिता रहेको रेष्क्यू नेपालका अनुगमन अधिकृत भरत तामाङले जानकारी दिए । पशु सेवा केन्द्र खोलेसिमलका पशु स्वास्थ्य प्राविधिक हरिप्रसाद सुवेदीले किसानहरुलाई कुखुराको महत्व र कुखुरा व्यवसाय सञ्चालनको तरिकाबारे प्रशिक्षण दिएका थिए ।
तालिममा जिल्ला विकास समिति चितवनका प्रतिनिधि विष्णुकुमार श्रेष्ठले प्रमाणपत्र वितरण गरेका थिए ।
Discussion about this post